यी हुन् रास्वपाबाट अग्रता लिने ३२ उम्मेदवार

चितवन २ मा सभापति रवि लामिछानेले अग्रता लिएका छन् भने झापा ५ मा वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

These are the 32 candidates leading from the Rashtriya Swayamsevak Sangh (RSS).

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मतगणना अपडेट आउने क्रम जारी रहेको छ । प्रारम्भिक मतगणना अपडेटअनुसार रास्वपाले अग्रता लिएको छ । 

चितवन २ मा सभापति रवि लामिछानेले अग्रता लिएका छन् भने झापा ५ मा वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् ।

रास्वपाले मतगणना सुरु भएकामध्ये ३२ स्थानमा अग्रता लिएको छ । रास्वपाबाट काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं १० मा प्रदिप विष्टले अग्रता लिएका  छन् । 

भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । भक्तपुर १ मा रुकेश रञ्जित र भक्तपुर २ मा राजीव खत्रीले अग्रता लिएका छन् । 

मोरङ १ मा यज्ञमणी न्यौपाने, मोरङ ४ मा सन्तोष राजवंशी, मोरङ ५ मा आशा झा, धनुषा ३ मा मनिष झा, रौतहट ४  मा गणेश पौडेल, बारा ३ मा अरविन्द साह, ललितपुर २ मा जगदीश खरेल, चितवन ३ मा सोविता गौतम, कास्की १ मा खडकराज पौडेल, कास्की २ मा उत्तमप्रसाद पौडेल कास्की ३ मा बिना गुरुङ, रुपन्देही २ मा सुलभ खरेल, रुपन्देही ३ मा लेखजङ्ग थापा, दाङ १ मा देवराज पाठक, बाँके १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार र कञ्चनपुर २ मा दिपकराज बोहराले अग्रता लिएका छन् । 

कान्तिपुर

Link copied successfully