जिल्लामा कुल मतदान गर्नेमा पुरुष भन्दा ७ हजार ९९७ बढी महिलाले मतदान गरेका छन् ।
बैतडी — बैतडीमा ४६.७८ प्रतिशत मतदान भएको छ । जिल्लामा कुल मतदान गर्नेमा पुरुषको भन्दा ७ हजार ९९७ बढी महिलाले मतदान गरेका छन् ।
जिल्लाको कुल १ लाख ५६ हजार ३७२ मतदातामध्ये ७३ हजार १४८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जसमध्ये ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र एक जना अन्य ले मतदान गरेका छन् । जो कुल मतदान गर्ने पुरुषको भन्दा ७ हजार ९९७ महिला बढी हुन् ।
बैतडीमा मंसिर सुरुमै पुरुष मौसमी कामदारको रुपमा काम गर्न हिउँदमा भारत जाने र चैतमा मात्र घर फर्किने भएकाले मतदान गर्ने पुरुषको भन्दा महिलाको मतदान गर्ने संख्या बढी देखिएको हो ।
जिल्लाको कुल १ लाख ५६ हजार ३७२ मतदातामध्ये ७८ हजार ९८७ पुरुष ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीको तथ्यांक छ ।
