निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदातालाई मतदान गर्न सहज होस् भनेर यस्तो सिफारिस गरिएको हो ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

Commission recommends three-day public holiday for elections

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसमा निर्वाचनको मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते तीन दिन  सार्वजनिक बिदा गर्न सरकारलाई सिफारिस गरेको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदातालाई मतदान गर्न सहज होस् भनेर यस्तो सिफारिस गरिएको हो ।

फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मंगलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ । तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन यही फागुन २१ गते देशभर हुँदैछ । अहिले दल तथा उम्मेदवार निर्वाचन प्रचारमा रहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully