भदौ २४ मा प्रदर्शनकारीको आगजनीबाट कार्यालयसहित अधिकांश भाैतिक संरचना र कागजात क्षति भएपछि प्रदेश सरकारहरु लयमा फर्कन सकेका छैनन् ।
What you should know
काठमाडौँ — भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि प्रदेश सरकारहरुको गति सुस्त देखिएको छ । पछिल्लो तीन महिनामा प्रदेश सरकारका नियमित कामकाज नै गतिमा देखिएका छैनन् ।
भदौ २४ मा प्रदर्शनकारीको आगजनीबाट कार्यालयसहित अधिकांश भाैतिक संरचना र कागजात क्षति भएपछि प्रदेश सरकारहरु लयमा फर्कन सकेका छैनन् ।
सबैजसो प्रदेशमा मन्त्रिपरिषद् बैठक समेत नियमित हुन सकेको छैन । भाैतिक संचरना अभावकाे कारण देखाउदै असाेजयता प्रदेशसभा बैठक पनि नियमित हुन सकेको छैन । आर्थिक वर्षको ५ महिना बितिसक्दासम्म सबैजसाे प्रदेश सरकारको विकास खर्च न्यून देखिएको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारहरुको बजेट खर्च (२०८२ मंसिरसम्म)
प्रदेश बिनियोजित खर्च (मंसिरसम्म)
कोशी ३५ अर्ब ७७ करोड ९९ लाख ४ अर्ब ४८ करोड २८ लाख
मधेश ४६ अर्ब ९८ करोड ३३ लाख १ अर्ब ६२ करोड २८ लाख
बागमती ६७ अर्ब ४७ करोड ७३ लाख ६ अर्ब ६४ करोड ६२ लाख
गण्डकी ३१ अर्ब ९७ करोड ९९ लाख ३ अर्ब २५ करोड १५ लाख
लुम्बिनी ३८ अर्ब ९१ करोड ५ अर्ब ९८ करोड ९० लाख
कर्णाली ३२ अर्ब ९९ करोड २ अर्ब ३१ करोड
सुदूरपश्चिम ३३ अर्ब ५७ करोड ६० लाख २ अर्ब ५३ करोड ६८ लाख
