मनाङ र मुस्ताङका केही ठाउँमा भारी हिमपात

जोमसोम र जुम्लाको तापक्रम १ डिग्रीसम्म पुग्न सक्ने

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

Heavy snowfall in some parts of Manang and Mustang

काठमाडौँ — सोमबार रातिदेखि देशका हिमाली र उच्च पहाडी भेगमा हिमपात र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको  न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । 

महाशाखाका अनुसार मौसममा बदली भएसँगै केही ठाउँमा चिसोसमेत बढेको छ ।

महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जुम्ला र जोमसोममा (एक डिग्रीसम्म) पुग्ने सम्भावना छ भने सबैभन्दा बढी तापक्रम विराटनगर र जनकपुरमा (३२ डिग्रीसम्म) पुग्ने देखिन्छ।

अहिले पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा  र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङआसपासको हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात पनि भइरहेको छ ।

वर्षा/हिमपात भइरहेको स्थानहरूमा थप  वर्षा /हिमपात हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

कान्तिपुर

Link copied successfully