उपल्लो डोल्पामा भारी हिमपात, नौ इन्चसम्म हिउँ जम्यो

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्धसहित शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकामासमेत बाग्लो हिउँ जमेपछि पर्यटकहरु पनि गाउँमै रोकिएको उपाध्यक्ष गुरुङले बताए ।

कार्तिक ११, २०८२

रामचन्द्र न्यौपाने

Heavy snowfall in Upper Dolpa, up to nine inches of snow accumulated

डोल्पा — डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा भारी हिमपात भएको छ । सोमबार रातिदेखि नै हिमपात सुरु भएको र अहिलेसम्म नौ इन्च हिँउ जमेको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले जानकारी दिए । 

‘अहिले पनि हिउँ परिरहेको छ, गाउँवस्ती र डाँडाकाँडा हिउँले सेताम्य भएका छन्,’ उपाध्यक्ष गुरुङले भने । ‘अघिल्लो वर्षहरुमा पनि कात्तिकमै हिमपात हुन्थ्यो, अहिले पनि त्यही समयमा हिँउ पर्‍यो, हिमपात भइरहँदा धेरै चिसो हुँदैन, बरु रोकिएर घाम लाग्यो भने त्यसपछि अत्याधिक चिसो बड्छ ।’

Heavy snowfall in Upper Dolpa, up to nine inches of snow accumulated

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्धसहित शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकामासमेत बाग्लो हिउँ जमेपछि पर्यटकहरु पनि गाउँमै रोकिएको उपाध्यक्ष गुरुङले बताए । 

हिमपातपछि आन्तरिक सडकहरुसमेत बन्द भएका छन् । उपल्लो डोल्पाका स्थानीयले चिसोका लागि दाउरा संकलन गरिनसकेकाले हिमपातले जनजीवन कष्टकर बनेको उनको भनाइ छ ।

Heavy snowfall in Upper Dolpa, up to nine inches of snow accumulated

सोमबार दिउँसो देखि नै मौसममा बदली भई चिसो बढेपछि फोक्सुण्डो ताल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुसमेत प्रभावित भएकाछन् । हिमपातपछि बडेको अत्याधिक चिसोका कारण सोलारले काम नगरेपछि फोक्सुण्डो ताल क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully