भदौ २४ : चारैतिरबाट घेरा हाली आगो लगाइएको थियो माओवादी केन्द्रीय कार्यालय

केही प्रदर्शनकारीले आगजनी, केहीले तोडफोड र केहीले कार्यालको सामानबाहिर फ्याँक्न थाले । भवनमा आगो लगाइयो । फर्निचर निकालेर बाहिर फ्याँकियो । भवनको कम्पाउन्डमा फर्निचरलगायत सामग्री जलाइयो ।

आश्विन २३, २०८२

गंगा बीसी

August 24: The Maoist central office was surrounded and set on fire

What you should know

काठमाडौँ — भदौ २४ गते दिउँसो २ बजे । काठमाडौंको तीनकुनेदेखि केही दक्षिण रहेको पेरिसडाँडाको नामले चिनिने माओवादी केन्द्रीय कार्यालयलाई प्रदर्शनकारीले घेरा हाले । जतिबेला काठमाडौंको धेरै सरकारी, निजी र व्यापारिक संरचनामा आगलागी भइरहेको थियो । धेरै जलेर खरानी भइसकेका थिए ।

प्रदर्शनकारीले चारैतिरबाट घेरा हाल्दा केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनलगायत कर्मचारी भवनमै थिए । स्थानीय सरकारले कर्फ्यु लगाए पनि पुन कार्यालयमै थिए ।

२४ घण्टा सशस्त्र प्रहरीको पहरामा रहने केन्द्रीय कार्यालयमा त्यसदिन पनि प्रहरीको सुरक्षा थियो । त्यसदिन सुरुमा प्रहरीले प्रदर्शनकारीलाई छेक्न खोज्यो तर हुल बढ्दै गएपछि असम्भव देखियो । प्रहरी आफ्नो सुरक्षाका लागि पछि हट्यो । पुनलगायतलाई सुरक्षाका लागि त्यहाँबाट निस्कन प्रहरीले आग्रह गर्‍यो । प्रदर्शनकारी भवनभित्र छिरेर तोडफोड र आगजनी सुरु गरेपछि पेसिरडाँडा वरिपरि आतंकित भयो ।

आगजनी सुरु हुनु ठीकअघि मुख्य सचिव पुन पेरिसडाँडामै थिए । तोडफोड र आगजनी सुरु भएपछि उनी सहकर्मीसँगै बाहिर निस्किए । ‘सबैतिर आगजनी भएको खबर आइरहेको थियो । प्रहरी र साथीहरूले प्रदर्शनकारी हाम्रो पार्टी कार्यालयतिर आउँदै गरेको अबर आयो,’ उनले भदौ २४ को अपराह्नको घटना सम्झिए, ‘कोटेश्वर, च्यासल, तीनकुने सबैतिरबाट प्रदर्शनकारी छिरेका थिए ।’

केही प्रदर्शनकारीले आगजनी, केहीले तोडफोड र केहीले कार्यालको सामानबाहिर फ्याँक्न थाले । भवनमा आगो लगाइयो । फर्निचर निकालेर बाहिर फ्याँकियो । भवनको कम्पाउन्डमा फर्निचरलगायत सामग्री जलाइयो ।

अध्यक्ष पुष्पकमल दाहाललगायत पदाधिकारीको कार्यकक्ष तोडफोड र आगजनी भए पनि पार्टीको केही कागजात जोगिएको उनको भनाइ थियो । ‘पार्टीका पछिल्लो माइन्युट बच्यो । केही निर्वाचन आयोगसँग सम्बन्धित कागजात बचेको छ,’ पुनले भने, ‘पुराना फाइल, फर्निचर, कम्प्युटर र स्टोरमा भएका अन्य सामान खरानी भए ।’

August 24: The Maoist central office was surrounded and set on fireआगजनीबाट माओवादी केन्द्रीय कार्यालयको दुई तलासम्म क्षति पुगेको छ । ‘माथिल्लो तलामा आगो पसेको छैन । त्यहाँको सामान सबै तोडफोड र बाहिर फ्याँकिएको छ,’ उनले भने । माओवादी कार्यालय भवनको अरु क्षति भए पनि पुस्ताकालय भने जोगिएको छ । प्रदर्शनकारीले पुस्ताकालय तोडफोड गरे पनि किताबहरूमा आगोचाहिँ लगाएनन् । ‘लाइब्रेरी तोडफोड भयो । किताबहरूमा क्षति भएको छ । आगो नलागेको हुनाले किताबहरू जल्नबाट चाहिँ जोगिए,’ उनले भने ।

कार्यालयको अन्डरग्राउन्डमा रहेको कर्मचारीको कोठामा पसेर प्रदर्शनकारीले तोडफोड गरे । त्यहाँ बस्ने स्टाफ विस्थापित भए । आगजनी गरेपछि पनि प्रदर्शनकारीहरु त्यसदिन बेलुकासम्म त्यही थिए । ‘एउटा समूह जान्थ्यो, अर्को समूह आउँथ्यो,’ पुनले भने, ‘रातिसम्म आगजनी भइरहेको थियो ।

आगजनीबाट भौतिक र अन्य क्षति गरी अढाइ करोडभन्दा बढी भएको माओवादीले जनाएको छ । ‘दुई करोड रुपैयाँबराबरको भौतिक र त्यति नै सामान पनि ठूलो क्षति भएको प्रारम्भिक मूल्यांकन छ,’ मुख्य सचिव पुनले भने ।

त्यही भवनमा मजदुर, महिला, वाईसीएललगायतको कार्यालय पनि त्यही भएकाले क्षति बढी हुन पुगेको उनको भनाइ छ । आगजनी भएको दुई दिनपछि कार्यालय सरसफाइमा लागेको उनले सुनाए । ‘आगलागी भएको दुई दिनपछि हामीले सरसफाइ सुरु गरेका थियौँ । असोज तीन देखि कार्यालय सञ्चालनमा ल्याइसकेका छौँ,’ उनले भने, ‘कार्यालय मर्मत, सरसफाइ गर्न कार्यकर्ता, स्थानीयको सहयोग भयो ।’ कार्यालयबाट लुटपाट भएका कुर्सी, टेबललगायत सामाग्री फिर्ता ल्याउने काम भएको छ । ‘कतिपय फर्निचर फिर्ता आएका छन्,’ उनले जानकारी दिए, ’यो पनि पार्टीप्रतिको माया होला ।’

माओवादीले भदौ ३ मा संविधान दिवस पार्टी केन्द्रीय कार्यालय परिसरमा मनाएको थियो । अध्यक्ष पुष्पकमल दाहाल भदौ ३१ मा केन्द्रीय कार्यालयको निरीक्षण गर्न पुगेका थिए । उनले त्यसबेला सबैको सहयोगमा झन् ठूलो पार्टी कार्यालय बनाउने बताएका थिए ।

प्राविधिकहरुले भवनको जलेको अग्रभागको रेट्रोफिट गर्नुपर्ने सुझाव दिएका छन् । हाल भवनको झ्याल ढोका मर्मत गरी सञ्चालनमा ल्याएको छ । ‘भवनको रेट्रोफिट गर्नुपर्ने प्राविधिकहरूले सुझाव दिएका छन् । हामीले आगजनी र तोडफोड भएको केही झ्याल, ढोका मर्मत गरी सञ्चालनमा ल्याएका छौं,’ पुनको भनाइ छ ।

August 24: The Maoist central office was surrounded and set on fireमाओवादीले  पदाधिकारी, महाविधेशनमा आयोजक समिति सचिवालय, स्थायी समिति बैठक केन्द्रीय कार्यालयमा गरिसकेको छ । पछिल्लो समय कार्यालयमा नेता तथा कार्यकर्ता आउने क्रम बढेको प्रमुख सचिव पुनको भनाइ छ । ‘सामान्य रंगरोगन र मर्मत गरी संचालन भएको कार्यालयमा नेता, कार्यकर्ता आउनेक्रम बढ्दो छ,’ उनले भने ।

गंगा

Link copied successfully