सडकमा बल प्रयोग, गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरूको भेला

जेनजीको सोमबारको प्रदर्शन तनावपूर्ण बनेपछि सुरक्षा प्रमुखहरु गृह मन्त्रालयमा भेला भएका छन् ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Use of force on the streets, gathering of security chiefs at the Ministry of Home Affairs

काठमाडौँ — जेनजीको सोमबारको प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गरेको छ ।

प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये सिभिल अस्पतालमा एक जनाको मृत्यु भइसकेको छ ।

प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली प्रहार गरेको छ । उता स्थिति तनावपूर्ण बनेपछि सुरक्षा प्रमुखहरु गृह मन्त्रालयमा भेला भएका छन् । जिल्ला प्रशासन काठमाडौंले प्रदर्शन नियन्त्रणमा ल्याउन सोमबार राति दस बजेसम्मका लागि तीनकुने, बानेश्वर,माइतीघर क्षेत्रमा कर्फ्यु जारी गरिसकेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरीका प्रमुखहरु गृह मन्त्रालयमा भेला भएका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully