तुर्कमेनिस्तानमा रहेका प्रधानमन्त्री ओली भन्छन् : उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति हुँदा चिन्तित छु

'बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको थियो ।'

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli, who is in Turkmenistan, says: I am worried when there is a huge loss of life due to floods in Uttarakhand

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको खबरले आफू चिन्तित रहेको बताएका छन् ।  भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुने क्रममा तुर्कमेनिस्तानमा रहेका प्रधानमन्त्री ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली बेपत्ता भएको पनि बताएका छन् ।

उनले उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको पनि जानकारी दिएका छन् । ओली उक्त सम्मेलनमा भाग लिन १८ गते प्रस्थान गरेका थिए भने शुक्रबार राति स्वेदश फर्कंदैछन् । 

'छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु,' प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । 

कान्तिपुरका जिल्ला संवाददाताहरूका अनुसार उत्तराखण्ड बाढीमा जुम्ला, जाजरकोट र बर्दियाका १८ जना मजदुर बेपत्ता रहेको आशंका गरिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully