उत्तराखण्ड पहिरो : जाजरकोटको कुशेका १३ जनाभन्दा बढी नागरिक परेको आशंका 

सामाजिक सञ्जालमा वडा नम्बर-२ का १३ र अन्य केही वडाका व्यक्तिहरू सम्पर्कमा नभएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

श्रावण २२, २०८२

तृप्ति शाही

Uttarakhand Landslide: More than 13 citizens of Jajarkot's Kushe are suspected

वीरेन्द्रनगर — जाजरकोटको कुशे गाउँपालिका-२ का १३ जनाभन्दा बढी नागरिक सम्पर्कविहीन भएको पालिकाले जनाएको छ ।

उनीहरू भारतको उत्तराखण्ड राज्यको ग्राम बाकुडाबाट करिब १ किमि दूरीमा पर्ने मधेरा खटौला नजिक आएको पहिरोमा पुरिएको हुनसक्ने आशंका गरिएको छ ।

सामाजिक सञ्जालमा वडा नम्बर-२ का १३ र अन्य केही वडाका व्यक्तिहरू सम्पर्कमा नभएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । रोजगारीका लागि गएका उनीहरू पहिरो गएकै ठाउँतिर भएको बुझिएको उनको भनाइ छ ।

पालिकाले खोजीको लागि प्रदेश र संघ सरकारलाई आग्रह गरेको छ । 

Uttarakhand Landslide: More than 13 citizens of Jajarkot's Kushe are suspected

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully