उत्तरकाशी पहिरो : भारतीय सेनाका ९ जवान बेपत्ता

भारतीय सेनाको टिमले २० जनालाई सुरक्षित उद्धार गरेको छ भने थप टिम राहत कार्यमा जुटेका छन्।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Uttarkashi Landslide: 9 soldiers of Indian Army missing

काठमाडौँ — उत्तराखण्डको उत्तरकाशीमा मंगलबार बादल फाट्दा आएको भीषण पहिरवमा परी भारतीय सेनाका ९ जवान बेपत्ता भएका छन् । 

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवले बीबीसीसँग कुरा गर्दै धरालीको खीर गंगा नदीमा आएको विनाशकारी लेदोमा परी भारतीय सेनाका ९ जवान बेपत्ता भएका हुन् । 

भारतीय सेना उद्धार कार्यमा सक्रिय रहेको उनको भनाइ छ । उनले भने, ‘यस्तो त्रासपूर्ण स्थितिमा पनि १४ राजपूताना राइफल्सका कमान्डिङ अफिसर कर्नल हर्षवर्धन १५० जवानका साथमा राहत र उद्धार कार्यमा सक्रिय छन् ।’

यद्यपि हर्षवर्धन नेतृत्वको टिम पनि भारी वर्षाका कारओ प्रभावित भएको छ । उनको टिमका ९ जवान बेपत्ता छन् । ११ जवान बेपत्ता भएकोमा दुई जनालाई सुरक्षित उद्धार गरिएको छ । 

श्रीवास्तवले भने, ‘भारतीय सेनाको यो टिम नागरिकलाई बचाउनका लागि जुटिरहेको छ । यस टिमले अहिलेसम्म २० जनालाई सुरक्षित उद्धार गरेको छ । राहत कार्यमा पनि तीव्रता ल्याउन अतिरिक्त टिम पठाइएको छ ।’

मंगलबार दिउँसो भारतीय समय अनुसार पौने २ बजेतिर अचानक आएको बाढी र पहिरोका कारण अहिलेसम्म चार जनाको मृत्यु पुष्टि भएको छ भने चार दर्जन बढी नागरिक बेपत्ता छन् । मात्र ३४ सेकेन्डको अवधिमा आएको विपद्मा परी दर्जनौं घर तथा होटलहरु पुरिएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully