'कुलिङ पिरियड' नराख्न दबाब दिँदै मुख्यसचिव सहितको टोली दौडाहामा

२० भन्दा बढी सचिवले भेटे राष्ट्रिय सभा अध्यक्षलाई

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

A team including the Chief Secretary is in Daudahama, pressing not to keep a 'cooling period'

काठमाडौँ — मुख्य सचिव एकनारायण अर्याल, संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेय, कानुन सचिव उदयराज सापकोटा, श्रम सचिव कृष्णहरि पुष्करलगायत २० भन्दा बढी सचिवले राष्ट्रिय सभा अध्यक्षलाई आज भेट गरेका हुन् । निजामती विधेयकमा राखिएको दुई वर्षको कुलिङ पिरियड व्यवस्था हटाउनुपर्ने उनीहरूको माग छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवामार्फत राज्यव्यवस्था समितिलाई दबाब दिन लगाएपछि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालमार्फत उनीहरूले दबाब बढाएका हुन् । A team including the Chief Secretary is in Daudahama, pressing not to keep a 'cooling period'

निजामती सेवाको उच्च ओहदाबाट अवकाश पाएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक र राजनीतिक नियुक्ति नपाउने गरी ‘कुलिङ पिरियड’ राखिएकामा सचिवहरू असन्तुष्ट छन् ।

अवकाशको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक, राजनीतिकलगायत पदमा नियुक्ति नपाउने कानुनी व्यवस्था कुलिङ पिरियड हो । दुईवर्षे कुलिङ पिरियडको व्यवस्थासहितको विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट २ जेठमा सर्वसम्मतिले पारित भइसकेको छ ।

कुलिङ पिरियड

कान्तिपुर

Link copied successfully