कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सिमलताल पहिरो : ३ जनाले हाम फालेर ज्यान जोगाए, बस र यात्रु अझै बेपत्ता 

शिव पुरी

रौतहट — काठमाडौबाट रौतहटको गौरतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर ज्यान जोगाउन सफल भएका छन् । उनीहरू अहिले चितवनमै छन् । 

सिमलताल पहिरो : ३ जनाले हाम फालेर ज्यान जोगाए, बस र यात्रु अझै बेपत्ता 

रौतहटको देवाहीगोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक यात्रुले बसबाट हामफालेर ज्यान जोगाएका हुन् । ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएको भिडियो रौतहटका एक युवकले समाजिक सञ्जालमा पोस्ट गरेका छन् । सँगै बसेका दुई यात्रुले पनि त्यसैगरी ज्यान जोगाएका छन् । ती यात्रुले भनेका छन्,‘अत्तिएर तल झर्ने बेला सास अडिकएको जस्तै भयो ।’

शुक्रबार बिहान करिब साढे तीन बजे काठमाडौंबाट रौतहटको गौर आउँदै गरेको ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा पहिरोमा परेको थियो । काठमाडौको कलंकीबाट २३ र जोरपाटीबाट ५ जना गरी २८ जना यात्रु बोकेर बस रौतहट आएको थियो । डिलक्स बसका काठमाडौंका इन्चार्ज दीपु सिंहले २७ जना काउन्टरबाट र कन्डक्टर ऋषि सिंहले एक जना आफ्नो मानिस चढाएको बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने उक्त बसमा ४१ जना यात्रु रहेको भन्ने जानकारी प्राप्त भए पनि पुष्टि नभएको बताएका छन् । इन्चार्ज सिंहका अनुसार बसमा रौतहट घर भएका चालक किशोर चौधरी र कन्डक्टर ऋषि सिंह छन् । काउन्टरबाट टिकट काटेका यात्रुहरूको सूची कान्तिपुरलाई प्राप्त भएको छ । यद्यपि बीचबाटोबाट कति यात्रु चढेका थिए भन्ने भने केही जानकारी छैन ।

उक्त बससँगै वीरगन्जबाट काठमाडौं गइरहेको बस पनि पहिरोले बगाएको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उक्त बसमा २४ जना यात्रु रहेको खबर प्राप्त भएको छ ।

प्रकाशित : असार २८, २०८१ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×