म्याग्दी — धवलागिरी गाउँपालिका-७ ताकमको आरखोलामा गएराति झरेको पहिरोमा पुरिएर दम्पतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन रायमाझीका अनुसार अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा सुतिरहेका ६५ वर्षीय तुलप्रसाद न्यौपाने र उनकी ४९ वर्षीया पत्नी बालकुमारी न्यौपानेको मत्यु भएको हो ।
पहिरोले पुर्याएको क्षतिको थप विवरण आउन बाँकी छ ।
