एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

Central Secretariat meeting of the United Socialists

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने  विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने  पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेपका (माओवादी केन्द्र ) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।  बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने सचिव श्रेष्ठले बताए । 

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully