पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

वैशाख २७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । 

भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं प्रहरी परिसरबाट म्याद थपका लागि जिल्ला अदालत लगिँदै । तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

सम्बन्धित समाचार

कान्तिपुर

Link copied successfully