नक्कली शरणार्थी प्रकरण

जसले दिएका थिए पहिलो जाहेरी [भिडियो]

जेष्ठ २६, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणको पर्दाफास भएपछि जाहेरी, बयान र कागजमा सबैभन्दा बढी आएको नाम हो– गजेन्द्र बुढाथोकी । २३ वर्षयता अमेरिका बसिरहेका दाङका बुढाथोकी यो प्रकरणमा यसरी तानिए कि एक महिन...

१८ जना अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोपित १८ जनासँग बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका महर्जन पक्राउ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

काम हुन्छ, ढुक्क हुनोस् भन्दै ग्यारेन्टी पनि बस्थे रायमाझी र रिजाल

०७४ को एक दिन । भक्तपुर सिरुटार बस्ने गोकुल थापासँग प्रेमराज पन्थीको भेट हुन्छ । पोखराका राधाकृष्ण पोखरेलसँगको सम्पर्कपछि काठमाडौं नयाँ बानेश्वरका विदुर गौतममार्फत पन्थी थापासम्म पुगेका हुन्छन् । 

अड्डामा अभिलिखत बयानको सत्यनिरूपण गर

नेपाली नागरिकलाई सबैभन्दा बढी अपमान कसैले गरेको छ भने यो राज्यका शासक प्रशासकले नै हुन् । पूर्वाधार विकासमा चरम अनियमितता र शिक्षा तथा स्वास्थ्यमा प्रणालीगत बेवास्ता गर्दै आएका राज्य सञ्चालकहरू उद्यम र रोजगारीमा अनुत्तरदायी छन् । संरचनागत रूपमै विपन्न पारिएका नागरिकलाई अन्धकारमै राख्न मौसमअनुसार राष्ट्रियताका धुन घन्काउने हाम्रा अगुवाहरू आफ्नै नागरिकलाई विदेशी शरणार्थीको बिल्ला भिराएर तेस्रो देश पठाउन पनि संगठित हुन्छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले हाम्रो राजनीतिको यो चरित्रलाई उजागर गरेको छ ।

शरणार्थी प्रकरणले प्रहरी ‘गुटबन्दी’ छताछुल्ल

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँगै नेपाल प्रहरीभित्रको गुटबन्दी पनि छताछुल्ल भएको छ । यो प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर नै मुछिने सूचना सार्वजनिक भएका छन् । अर्कातिर हिरासतमा रहेका आरोपितलाई बयान फेर्न प्रभावित गर्ने गरी सन्देश र पत्र आदनप्रदान गर्न दिएको खुलेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयमाथि प्रश्न उठेको छ ।

राज्यका शक्तिशालीलाई राज्यविरुद्ध अपराधमा मुद्दा

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध कम्तीमा २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको अभियोग छ । 

अध्यक्षको स्वकीय सचिव हुन् कि मेरा, कसैले पोल्छ भने बयान दिनुपर्छ : भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कानुनभन्दा माथि कोही पनि नभएको भन्दै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न जोसुकै भए पनि प्रहरीमा गएर बयान दिनुपर्ने बताएका छन् । उनले उक्त प्रकरणमा नाम जोडिएको भएमा जोसुकै व्यक्ति भए पनि प्रहरीकहाँ गएर आफ्नो बयान प्रस्टसँग भन्नुपर्ने धारणा राखेका छन् । 

'शंकास्पद अन्य व्यक्तिमाथि पनि छानबिन होस्'

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्वन्यायाधीश बलराम केसी लगायत मानवअधिकारकर्मी तथा नागरिक अगुवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

टेकनाथ रिजालले ३४ नक्कली कार्डमा सहीछाप गरे, ११ लाख नगद बुझे

भुटानी मनावअधिकारवादी नेता टेकनाथ रिजालविरुद्ध नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले चारवटा मुख्य अपराधमा आरोपी बनाउँदै अभियोगपत्र दायर गरेको छ । सार्वजनिक भएको अभियोग पत्रअनुसार रिजाललाई ठगी, सरकारी लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराधमा आरोपी बनाइएको छ ।

खाणका पीएलाई पाण्डेको पत्र - मुद्दा कमजोर बनाउन देउवा, ओली र दाहालसँग सहयोग माग्नुस्

नक्कली शरणार्थी प्रकरणमा जोडिएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत मुद्दालाई कमजोर बनाउनका लागि पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालसँग सहयोग माग्न उचित हुने सुझावसहितको पत्र पठाएको खुलेको छ ।

खाणले १ करोड २४ लाख बुझेपछि समितिको कार्यादेश थप

तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले संगठित गिरोहका नाइके केशव दुलालबाट एक करोड २४ लाख ५० हजार रुपैयाँ बुझेपछि भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन गठित समितिको कार्यादेश थप गरेको भेटिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौं जिल्ला अदातलमा दायर गरेको अभियोगपत्रमा उनीविरुद्ध चारवटा कसुरमा मुद्दा चलाएको छ ।

'इन्द्रजित राई रकम असुल्दै जग्गा किन्थे'

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले नक्कली शरणार्थी बनाउने प्रकरणबाट पैसा उठाउँदै जग्गामा लगानी गर्ने गरेको पाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोग पत्रअनुसार उनले करिब साढे चार करोड रुपैयाँ लिएको उल्लेख छ ।

यी हुन् १४ जना फरार प्रतिवादी

नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोजन दर्ता गरिएका ३० प्रतिवादीमध्ये १४ जना अझै फरार रहेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीले गरेको तहकिकातबाट प्राप्त प्रमाणहरुको आधारमा बुधबार अपराह्न काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

रायमाझीले बयानमा भने- 'छोरा पक्राउ परेपछि मन बिग्रिएर सम्पर्कविहीन भएँ'

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भुटानी शरणार्थीको दीर्घकालीन समस्याको समाधान होस् भन्ने आफ्नो धारणा रहेको तर यस प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । 

टेकनारायण पाण्डेको बयान : 'मन्त्री खाण र दुलालबीच सिधै सम्पर्क थियो'

नक्कली शरणार्थी प्रकरणमा जोडिएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र गिरोहका नाइके केशव दुलालबीच सिधा सम्पर्क रहेको बयान दिएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा २२४ पृष्ठको अभियोग पत्र अदालतमा दर्ता (पत्रसहित)

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी मुख्य आरोपीहरूले गरेका छन् । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीले अनुसन्धान गरेर बुझाएको अनुसन्धान प्रतिवेदन आधारमा जिल्ला अदालत काठमाडौंमा ३० जनालाई आरोपी बनाउँदै २२४ पृष्ठ लामो अभियोग पत्र दायर गरेको छ ।

अपराधमा संलग्न घरको होस् कि बार्दलीको, नेता होस् कि नाता कारबाही हुनुपर्छ : थापा 

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न जोसुकै भए पनि कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले नेता र नाता नहेरी छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेका हुन् ।

रास्वपाले गर्‍यो संसदीय छानबिनको माग

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले समय लिएर बोल्दै यो प्रकरण निष्पक्ष अनुसन्धान र अभियोजनमा आशंका उत्पन्न भएकाले संसदीय छानबिन आवश्यक रहेको बताए ।