२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

फरार सांसद रायमाझीले संसद् सचिवालयलाई पठाए बिरामी भएको पत्र

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सांसद टोपबहादुर रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका छन् ।

फरार सांसद रायमाझीले संसद् सचिवालयलाई पठाए बिरामी भएको पत्र

संसद् सचिवालयका अनुसार प्रहरीले पक्राउ पुर्जी लिएपछि फरार रहेका सांसद रायमाझीले लिखित पत्र पठाउँदै आफू बिरामी भएको जानकारी दिएका हुन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीको पत्र प्राप्त भएको बताएका हुन् । पत्र प्राप्त भए पनि दर्ता नभएको सचिवालयले जनाएको छ ।

संविधानको धारा ८९ (घ) मा कुनै सांसद सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सांसद पदबाट मुक्त हुने व्यवस्था छ ।

प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन् । आफूलाई पक्राउ गर्न लागिएको जानकारी पाएलगत्तै रायमाझीले प्रहरी उच्च अधिकारी र राजनीतिक नेतृत्वलाई फोन गरी आक्रोश पोखेका थिए ।

तर, यसका लागि पक्राउ गरिरहन पर्दैन, म आफैं उपस्थित हुन्छु भन्दै फोन काटेका रायमाझी त्यही साँझदेखि सार्वजनिक सम्पर्कबाहिर छन् । अर्घाखाँचीको कार्यक्रम सकेर उनी गत बुधबार साँझ नै भैरहवा हुँदै बुद्ध एयरको उडानबाट काठमाडौं आउने तयारी थियो । तर, बुटवल झरेपछि भैरहवा विमानस्थल जानुको सट्टा उनले अन्तिम समयमा टिकट रद्द गरेका थिए । आफूसँगै गएका चालकलाई पनि उनले मोटर काठमाडौं लैजान निर्देशन दिएका थिए ।तर, त्यसपछि रायमाझी कता गए भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

रायमाझी सम्पर्कविहीन बनेकै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको छ । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका छन् । हिरासतमा रहेका गिरोहका सदस्यहरूले यो धन्दामा रायमाझीको संलग्नता रहेको बयान दिएका छन् ।

प्रकाशित : वैशाख २७, २०८० १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?