समानुपातिकतर्फ बन्दसूचीका ५५० जनाको नाम आयोगले हटायो

कार्तिक ८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम निर्वाचन आयोगले हटाएको छ ।

६ हजार ४ सय ५७ जना उम्मेदवार मध्ये जरिवाना नबुझाउने ३६९ जना, दाबी विरोधमा जाँचबुझबाट ५४८ जना र लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।

आयोगको विज्ञप्ति :

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully