कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राज्य र पार्टी संयन्‍त्र प्रयोग गरी कैयन साथीको राजनीतिक हत्याको षड्यन्‍त्र गरियो : कोइराला

काठमाडौँ — नेपाली कांग्रेस नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् । उनले राज्य र पार्टी संयन्त्र दुरुपयोग गरी धेरै नेता/कार्यकर्ताहरूको राजनीतिक हत्या गर्ने षड्यन्‍त्र भएको समेत आरोप लगाएका छन् ।

राज्य र पार्टी संयन्‍त्र प्रयोग गरी कैयन साथीको राजनीतिक हत्याको षड्यन्‍त्र गरियो : कोइराला

नेता कोइरालाले बुधबार जारी विज्ञप्ति‍मा पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर धेरैको राजनीतिक हत्या गर्ने षड्यन्त्र भएको उल्लेख छ । उनले भनेका छन्, 'सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन् । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र पनि भएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ ।'

नेता कोइरालाले टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो भन्दै प्रश्‍नसमेत गरेका छन् । उनले भनेका छन्, 'कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षासमेत गरिने छ भनेर म साथीहरुलाई विश्वस्त पार्न चाहन्छु ।'

कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक योग्य र सक्षम नेता/कार्यकर्ताहरुलाई टिकट वितरणमा समानरुपले नेतृत्वले न्याय गर्न नसकेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने कुरा आफूले बारम्बार उठाए पनि ध्यानपूर्वक नसुनिएको उनले बताएका छन् । टिकट वितरण कार्यमा जिम्मेवारी पाएकाहरूले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न नसकेको नेता कोइरालाले बताएका छन् ।

उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको कुरा आएको र निर्वाचन पछि पार्टीभित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिने विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रकाशित : वैशाख १४, २०७९ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?