कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
माओवादी महाधिवेशन

दाहालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौँ — माओवादी केन्द्रको आठौं महाधिवेश अन्तर्गत सोमबारको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनितिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।

दाहालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी

अध्यक्ष दाहालको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्ताबेजमाथि माथि छलफलका लागि विभिन्न २५ वटा समूह गठन गरिएको छ। ती समूहहरूले अहिले दाहालको प्रतिवेदन अध्ययन तथा छलफल गरिरहेका छन् । यसका लागि विभिन्न प्रदेश र जनवर्गीय संगठनहरूका छुट्टाछुट्टै समूह बनाइएको छ ।

महाधिवेशनस्थल प्रज्ञा भवनका विभिन्न हलसहित पार्टी कार्यालय र पार्टी प्यालेसमा समेत बसेर समूहहरूले प्रतिवेदनमाथि छलफल गरिरहेका छन् ।

विभिन्न समूहका लागि एमके प्रसाईं, नन्दकुमार थापा, हर्क नेम्वाङ, गणेश साह, चक्रपाणी खनाल, गायत्री गुरूङ, लक्ष्मण पन्त, विमला केसी, खगराज भट्ट, माया प्रसाद शर्मा, जगत सिंखडा, श्रीकृष्ण अधिकारी, सरल सहयात्री र विष्णु पुकार श्रेष्ठ, अमृता थापामगरलाई विभिन्न समूहका संयोजकको रुपमा तोकिएको छ ।

यी छलफलहरुमा सुरुमा दाहालको प्रतिवेदन वाचन गरिनेछ । त्यसपछि प्रतिनिधिले आफ्ना धारणा राख्नेछन् । त्यसपछि निष्कर्ष निकालेर बुधबारको बन्दसत्रमा पेस गर्नेछन् ।

समूहअनुसार प्रतिनिधिलाई आफ्ना धारणा राख्न ३-५ मिनेट समय निर्धारण गरिएको छ । छलफलमा उठेका विषय एकीकृत गर्न प्रत्येक समूहले बुँदा टिपोट कमिटी बनाएको छ ।

यसका साथै पार्टीको स्थायी कमिटी पनि बसिरहेको छ । स्थायी कमिटीमा दाहालको प्रतिवेदन, विधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल भइरहेको छ ।

प्रकाशित : पुस १३, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?