कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३
दाहालको दस्तावेज

'अमेरिका साझेदारहरू लिएर युद्धमा जाने तयारी गरिरहेको छ'

सैन्य रणनीति अन्तर्गत अमेरिकाले भारतसँग समेत सम्बन्ध सदृढ पार्न थालेको दाहालको निष्कर्ष छ ।

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारी गरिरहेको दस्तावेज पार्टीको जारी महाधिवेशनमा पेश गरेका छन् ।

'अमेरिका साझेदारहरू लिएर युद्धमा जाने तयारी गरिरहेको छ'

पार्टीमा पेश गरेको दस्तावेजको विदेश मामिला सम्बन्धी चर्चा गर्दै अमेरिकाको अहिलेको अवस्था र रणनीतिबारे उल्लेख गरेका हुन् ।

हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा थप सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको दाहालकाे दस्तावेजमा उल्लेख छ ।

'हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले दिएको जानकारी हेर्दा शीत युद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धा अमेरिकाले चर्काएर लान खोजेको छ' दाहालको दस्तावेजमा उल्लेख छ, 'बाइडेनको शासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरंकुशतन्त्र बीचको लडाइँको रूपमा व्याख्या गरिएको छ । रक्षा मन्त्रालयको समीक्षामा हिन्द प्रशान्त क्षेत्रमा साझेदारहरूसँग थप सहकार्य गर्न निर्देशन दिइएको छ भन्ने कुरा स्पष्ट लेखिएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेकरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा थप सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ ।'

सैन्य रणनीति अन्तर्गत अमेरिकाले भारतसँग समेत सम्बन्ध सदृढ पार्न थालेको दाहालको निष्कर्ष छ ।'आज अमेरिकाले भारतसँगको सम्बन्ध सुदृढ पार्नुका पछाडि त्यै रणनीतिले काम गरेको देखिन्छ । वास्तवमा अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारी गरिरहेको संकेत स्पष्ट देखिएको छ' दाहालले भनेका छन्, 'नयाँ शीतयुद्धका रूपमा देखा परेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर पुँजीवादले आफ्नो संकट मोचनको दिशामा अगाडि बढ्न सक्दैन भन्ने स्थिति विल्कुलै छैन ।'

प्रकाशित : पुस १२, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?