१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०
माओवादी महाधिवेशन

दाहाललाई कोरोना संक्रमणपछि प्रधानमन्त्रीसहित शीर्ष नेता कन्ट्याक्ट ट्रेसिङमा

पुस २४, २०७८

सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएको छ । अध्यक्ष दाहालसँगै माओवादीका शीर्ष नेताहरूलाई पनि कोरोना संक्रमण भएको छ ।...

दाहालद्वारा प्रस्तावित केन्द्रीय सदस्यहरुको नाम घोषणा

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल पार्टीको जारी आठौं महाधिवेशनमा केन्द्रीय समिति सदस्यहरुको प्रस्तावित नाम घोषणा गरिरहेका छन् ।

बन्दसत्रमा दाहालको सम्बोधन- पार्टीलाई समानुपातिक, समावेशी बनाउने चुनौती छ

नेकपा (मा‌ओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई समानुपातिक, समावेशी बनाउने चुनौती रहेको बताएका छन् । आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवनमा जारी बन्दसत्रमा सम्बोधन गर्दै दाहालले उक्त धारणा राखेका हुन् । 

निर्वाचन कार्यतालिका फेरि संशोधन, उम्मेदवारी दर्ता ६ देखि ८ बजेसम्म

नेकपा माओवादी केन्द्रले निर्वाचन कार्यतालिका चौथो पटक संशोधन गरेको छ । केन्द्रीय समिति चयनका लागि उम्मेदवारी दर्ता आइतबार बेलुकी ६ देखि राति ८ बजेसम्मका लागि तोकिएको छ । यसअघि अपराह्न ४ बजेबाट उम्मेदवारी दर्ताको समय निर्धारण भएको थियो । सहमति खोज्ने प्रयासका लागि भन्दै फेरि दुई घण्टा पछाडि सारिएको हो ।

'१५ प्रतिशत प्रतिनिधित्व नभए केन्द्रीय समितिमा बस्दैनौँ'

नेकपा माओवादी केन्द्रका दलित सुदायका नेताहरूले केन्द्रीय समितिमा दलित समुदायको १५ प्रतिशत प्रतिनिधित्व अनिवार्य गर्न माग गरेका छन् । केन्द्रीय सदस्यहरू परशुराम रम्तेल र दलजित श्रीपाइली लगायतले अध्यक्ष मण्डललाई ज्ञापन पत्र बुझाउँदै केन्द्रीय समितिमा दलित समुदायको १५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था नभए आफूहरू कोही पनि केन्द्रीय समितिमा नबस्ने चेतावनी दिएका छन् । 

निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन,उम्मेदवारी दर्ता ४ देखि साढे ६ बजेसम्म

नेकपा माओवादी केन्द्रले निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन गरेको छ ।

माओवादीको निर्वाचन कार्यक्रम संशोधन, उम्मेदवारी दर्ता आइतबार २ बजे

नेकपा (माओवादी केन्द्र)को निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । आठौं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्य सहमतिमा टुंग्याउने भन्दै निर्वाचन तालिका पछि सारिएको हो ।

यसरी चयन हुँदैछन् २९९ केन्द्रीय सदस्य, २० प्रतिशत युवा र ३५ प्रतिशत महिला अनिवार्य

माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि क्लस्टर विभाजन गरिएको छ । २९९ केन्द्रीय सदस्यका लागि १४५ जना खुलाबाट र बाँकी समानुपातिक, समावेशी तथा मनोनयनबाट ल्याउने गरी निर्वाचन समितिले क्लस्टर विभाजन गरेको छ ।

निर्वाचन तालिका प्रकाशित, उम्मेदवारी दर्ता राति ८ बजेदेखि १०:३० सम्म

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशन भएको छ । निर्वाचन समितिले शनिबार आपराह्‍न केन्द्रीय कमिटी चयनका लागि निर्वाचन तालिका प्रकाशन गरेको हो ।

केन्द्रीय सदस्यमा सहमति जुटाउन दुई घण्टाको समय छुट्याइयो

माओवादी केन्द्रले केन्द्रीय सदस्यमा सहमति जुटाउन दुई घण्टाको समय छुट्याएको छ । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र हलमा सर्वसम्मति प्रयासका लागि दुई घण्टाको समय छुट्याइएको हो ।

माओवादी केन्द्रको विधान पारित

कमलादीस्थित प्रज्ञा भवनमा चलिरहको नेकपा (माओावादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनले संशोधित विधान पारित गरेको छ । शनिबारको बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिप रुप दिने गरी विधान मस्यौदा बन्द सत्र हलले सर्वसम्मत पारित गरेको नेता विष्णुकुपार श्रेष्ठले जानकारी दिए ।

माओवादीको कार्यदिशा : समाजवादको नेपाली बाटो

माओवादीको राजनीतिक र वैचारिक कार्यदिशा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ पारित भएको छ । राजधानीमा जारी आठौं महाधिवेशनले यसअघि अपनाउँदै आएको ‘एक्काइसौं शताब्दीको जनवाद’ लाई विस्थापित गरी नयाँ कार्यदिशा पारित गरेको हो । 

समावेशी समानुपातिक व्यवस्था हाम्रो पार्टीमा नै लागू भएको छैन

नेकपा माओवादीले ०५२ साल फागुन १ गते सशस्त्र विद्रोह थालेको थियो । सर्वहारा श्रमजीवी, उत्पीडित जाति, मजदुर र किसानका सुख दु:खलाई माओवादीले आफ्ना मुद्दा बनाएको थियो, त्यो बेला ।

दाहालको जवाफ- प्रतिवेदनमा ठूलो परिवर्तन हुँदैन, सुझाव समेटिन्छ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने प्रतिबद्धता जनाएका छन् । माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्‍नको जवाफ दिनेक्रममा दाहालले आफूले पेस गरेको प्रतिवेदन सबैको साझा भन्दै सबै सुझावहरु समेटिने बताएका हुन् ।

माओवादीमा नेताको सम्पत्ति छानबिन माग

माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा नेताहरूको आम्दानीको स्रोत र सम्पत्ति छानबिनको मुद्दा जोडतोडले उठेको छ । शान्ति प्रक्रियामा आइसकेपछि माओवादीका कतिपय नेताले ‘अपारदर्शी ढंगले अकुत सम्पत्ति आर्जन गरेको’ टीकाटिप्पणी भइरहेकै बेला महाधिवेशनमा फरक मत र समूहगत छलफलमा अपारदर्शी रूपमा सम्पत्ति थोपर्ने नेताहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिइएको हो ।

प्रधानमन्त्री र पार्टी प्रमुख दुई कार्यकाल मात्र हुनेदेखि 'प्रचण्डपथ' ब्यूँत्याउनेसम्म  

माओवादी केन्द्रका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक दस्तावेजमा २१ औँ शताब्दीको समाजवादको स्पष्ट व्याख्या तथा कार्यक्रम र स्पष्ट कार्यदिशा नआएको भन्दै सच्याउन सुझाव दिएका छन् ।

समूहगत छलफल सकियो, शुक्रबारबाट केन्द्रीय सदस्य निर्वाचन प्रक्रिया सुरु हुने

माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा भएका निष्कर्ष राख्ने क्रम सकिएको छ । 

'ओलीसँग छापामार तरिकाको एकता गम्भीर सैद्धान्तिक गल्ती थियो'

माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । अध्यक्ष दाहालले विगतमा गरेका राजनीतिक निर्णय र आगामी कार्यदिशाबारे न्यौपानेले फरक मत राखेका हुन् । 

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित हुँदै

माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगले  कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।