२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४
माओवादी राष्ट्रिय सम्मेलन

दाहाललाई कोरोना संक्रमणपछि प्रधानमन्त्रीसहित शीर्ष नेता कन्ट्याक्ट ट्रेसिङमा

पुस २४, २०७८

सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएको छ । अध्यक्ष दाहालसँगै माओवादीका शीर्ष नेताहरूलाई पनि कोरोना संक्रमण भएको छ ।...

माओवादीको कार्यदिशा : समाजवादको नेपाली बाटो

माओवादीको राजनीतिक र वैचारिक कार्यदिशा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ पारित भएको छ । राजधानीमा जारी आठौं महाधिवेशनले यसअघि अपनाउँदै आएको ‘एक्काइसौं शताब्दीको जनवाद’ लाई विस्थापित गरी नयाँ कार्यदिशा पारित गरेको हो । 

दाहालको जवाफ- प्रतिवेदनमा ठूलो परिवर्तन हुँदैन, सुझाव समेटिन्छ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने प्रतिबद्धता जनाएका छन् । माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्‍नको जवाफ दिनेक्रममा दाहालले आफूले पेस गरेको प्रतिवेदन सबैको साझा भन्दै सबै सुझावहरु समेटिने बताएका हुन् ।

माओवादीमा नेताको सम्पत्ति छानबिन माग

माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा नेताहरूको आम्दानीको स्रोत र सम्पत्ति छानबिनको मुद्दा जोडतोडले उठेको छ । शान्ति प्रक्रियामा आइसकेपछि माओवादीका कतिपय नेताले ‘अपारदर्शी ढंगले अकुत सम्पत्ति आर्जन गरेको’ टीकाटिप्पणी भइरहेकै बेला महाधिवेशनमा फरक मत र समूहगत छलफलमा अपारदर्शी रूपमा सम्पत्ति थोपर्ने नेताहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिइएको हो ।

प्रधानमन्त्री र पार्टी प्रमुख दुई कार्यकाल मात्र हुनेदेखि 'प्रचण्डपथ' ब्यूँत्याउनेसम्म  

माओवादी केन्द्रका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक दस्तावेजमा २१ औँ शताब्दीको समाजवादको स्पष्ट व्याख्या तथा कार्यक्रम र स्पष्ट कार्यदिशा नआएको भन्दै सच्याउन सुझाव दिएका छन् ।

समूहगत छलफल सकियो, शुक्रबारबाट केन्द्रीय सदस्य निर्वाचन प्रक्रिया सुरु हुने

माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा भएका निष्कर्ष राख्ने क्रम सकिएको छ । 

'ओलीसँग छापामार तरिकाको एकता गम्भीर सैद्धान्तिक गल्ती थियो'

माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । अध्यक्ष दाहालले विगतमा गरेका राजनीतिक निर्णय र आगामी कार्यदिशाबारे न्यौपानेले फरक मत राखेका हुन् । 

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित हुँदै

माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगले  कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।

अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफलको निष्कर्ष र सुझाव प्रस्तुत गर्ने क्रम जारी

मा‌ओवादीको ८औं राष्ट्रिय महाधिवेशनको पाँचौ दिन बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष र सुझाव प्रस्तुत गर्ने क्रम जारी रहेको छ । 

माओवादी प्रतिनिधिको माग : ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली’

माओवादी केन्द्रका महाधिवेशनका प्रतिनिधिले शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको मुद्दा अघि सार्न सुझाव दिएका छन् । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा प्रतिनिधिले पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पार्टीले अगाडि सार्नुपर्नेमा पनि जोड दिएका छन् ।

माओवादीमा खुला प्रतिस्पर्धा रोक्ने प्रयास

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार सञ्चारकर्मीलाई ‘नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने’ प्रतिक्रिया दिए पनि पदाधिकारी र केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गराउन प्रयास भइरहेको छ ।

'माओवादी केन्द्रीय सदस्यका छोराछोरीलाई अनिवार्य सरकारी स्कुलमा पढाउने व्यवस्था हुनुपर्छ'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ८ औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा गण्डकी प्रदेशका प्रतिनिधि रहेको गण्डकी प्रदेशका प्रतिनिधिले पार्टी केन्द्रीय सदस्यका सन्तानलाई अनिवार्य रूपमा सरकारी स्कुलमा पढाउने व्यवस्था गर्नुपर्ने भनेको छ । 

'प्रमुख पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था होस्'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालको राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा समूह १५ ले पार्टीका प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । 

दाहालको प्रतिवेदनमा समूहगत छलफल : कार्यान्वयनबारे प्रतिनिधिहरु सशंकित

माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको 'एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकको राजनीतिक प्रतिवेदन कार्यान्वयनको विषयलाई प्रतिनिधिहरुले आशंका व्यक्त गरेका छन् ।  

'विज्ञान प्रविधि'को चर्चैचर्चा, नेपाल नीतिको छैन खाका

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन गोप्य राख्ने प्रयास निकै भयो । अध्यक्ष दाहाल प्रतिवेदन महाधिवेशन समाप्त नहुन्जेल सार्वजनिक नहोस् भन्ने निकै सतर्क देखिन्थे । 

राजनीतिक अधोपतनबाट जोगिन पार्टीमा दुई लाइन संघर्ष आवश्यक

अस्थिरता, असमानता र स्वेच्छाचारिता पुँजीवादको नैसर्गिक र स्थायी चरित्र हो । यी सबै हुँदा हुँदै पनि पुँजीवाद हाम्रा अग्रज माक्र्सवादीहरुले अपेक्षा गरे अनुसार समाजवादी क्रान्तिद्वारा प्रतिस्थापित हुन सकेन । अहिलेसम्म विश्व पुँजीवादी व्यवस्थामा आएका संकटहरुलाई टार्न पुँजीवाद सफल देखिएको छ ।

डेढ दशकपछि दाहालको आत्मसमीक्षा : मुखमा संविधान र मनमा विद्रोह भन्दा क्षति

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (२०६३ मंसिरमा) शान्ति सम्झौता गरिसकेपछि पनि विद्रोहको रणनीतिमा अलमलिनु कमजोरी भएको स्वीकार गरेका छन् । शान्ति सम्झौता, लडाकुलाई शिविरमा राख्ने सहमति गर्दा सामूहिक छलफल गर्नुको सट्टा ‘पार्टी अध्यक्ष प्रचण्डको मनोगत निर्णयले जनवादी केन्द्रीयतामा अतिक्रमण भएको’ भन्दै आफ्नै आलोचना गरेका छन् ।

'अमेरिका साझेदारहरू लिएर युद्धमा जाने तयारी गरिरहेको छ'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारी गरिरहेको दस्तावेज पार्टीको जारी महाधिवेशनमा पेश गरेका छन् ।

एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो

आज देशको समग्र राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ । जनताको लामो सशस्त्र एवं शान्तिपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि प्रतिगामी हमला बढेर गएको छ । समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन निरंकुश तत्वहरूले टाउको उठाइरहेका छन् ।