सचिवमा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी, आचार्य र कार्की पराजित


काठमाडौँ — एमालेको सचिवमा केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका छन् । ७ सचिव पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।

गोकर्ण विष्टले सर्वाधिक १९७४, योगेश भट्टराईले १९६०, टोपबहादुर रायमाझीले १८०४, छविलाल विश्वकर्माले १८०३, पद्मा अर्यालले १७९९, लेखराज भट्टले १७०४, रघुवीर महासेठले १५०० मत ल्याएर विजयी भए ।
ओलीको सूचीमा नपरेका निर्वतमान सचिव भीम आचार्य र चीनका लागि पूर्व राजदूतसमेत रहेका नेता टंक कार्की पराजित भए । आचार्यले ७८८ र कार्कीले ५५९ मत प्राप्त गरे ।
यस्तै, एमालेका अन्य पदाधिकारीमा ओलीले बन्दसत्रमा प्रस्ताव गरेका सबै नै निर्वाचित भएका छन् ।
*नोट : अन्तिम मत परिणामअनुसार पदाधिकारीहरुले प्राप्त गरेको मत संख्या अद्यावधिक गरेर सच्याइएको छ ।