१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४
एमाले महाधिवेशन

एमाले पर्वतको अध्यक्षमा राजु पौडेल

पुस २६, २०७८

नेकपा एमाले पर्वतको नवौं जिल्ला अधिवेशनबाट राजु पौडेल निर्विरोध रुपमा अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा पदमपाणी शर्मा, सचिवमा गोविन्द पहाडी, उपसचिवमा विमल लामिछाने र शिव पौडेल चयन भएका छन्...

दल-दलमा राष्ट्रपतिको अफर

संविधानले राष्ट्रपति पदलाई राष्ट्राध्यक्षमात्र होइन, राष्ट्रिय एकताको धरोहरका रूपमा सम्मान गरेको छ । तर दलका महाधिवेशनभित्र पद बाँडफाँट मिलाउन नेताहरूले आगामी राष्ट्रपति पद दिने आश्वासन बाँडिरहेका छन् । यसरी राष्ट्रको सबैभन्दा गरिमामय पद दलहरूको आन्तरिक प्रतिस्पर्धामा सबैभन्दा सस्तो आश्वासन भएको छ ।

कांग्रेस अधिवेशनको तयारी पूरा

कांग्रेस प्रदेश १ को पहिलो अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक समितिका संयोजक केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बसेको बैठकले अधिवेशनसम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको थियो ।

जसले आफू हारेर पनि एमालेभित्रको लोकतन्त्र जोगाए

एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीले चाहेका व्यक्तिहरूमात्र केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् । तर चुनावअगाडि नै अध्यक्षमण्डलका अध्यक्षबाट विजयी घोषित पदाधिकारीको अनुहार मुर्झाएको छ, बरु प्रतिस्पर्धा गरेर पराजित नेताहरू आफ्नो र पार्टीको लोकतान्त्रिक प्रतिष्ठा बचाएकामा सन्तुष्ट देखिएका छन् । 

नारायणीमा बग्नबाट जोगिएको एमालेको आन्तरिक लोकतन्त्र

संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको दसौं महाधिवेशन पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई दोस्रोचोटि चयन गर्नुका साथै अन्य केन्द्रीय पदाधिकारीहरू छानेर मंगलबार सम्पन्न भएको छ । गत शुक्रबार चितवनमा अभूतपूर्व संख्यामा कार्यकर्ता–शुभेच्छुक उतारेर एमालेले जुन भव्यताका साथ महाधिवेशन उद्घाटन समारोह आयोजना गरेको थियो, उक्त कुम्भमेला समापन हुँदासम्म उसले त्यो साख यथावत् राखिरहन भने सकेन ।

ओलीका अघि चुनौतीका चाङ

दसौं राष्ट्रिय महाधिवेशनबाट भारी मतान्तरले एमाले अध्यक्षमा विजयी भएका केपी शर्मा ओलीको आगामी यात्रा सहज हुने छैन । दोस्रोपटक पार्टीको बागडोर सम्हालेका ओली खासगरी आन्तरिक र बाह्य परिस्थितिका कारण अप्ठ्यारो अवस्थामा छन् ।

भूसालले लिए केन्द्रीय सदस्यको शपथ

एमालेको उपाध्यक्षमा पराजित घनश्याम भूसाल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको शपथ ग्रहणसमेत गरे ।

अध्यक्षको शपथ ग्रहणपछि ओलीले भने - हाम्रो पार्टीलाई बाह्य र आन्तरिक हमला भइरहेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई आन्तरिक र बाह्य हमला भइरहेको जिकिर गरेका छन् । १०औं महाधिवेशनको क्रममा विरोधीहरूले पार्टीका नेताहरूलाई उक्साएको र भड्काउन खोजे पनि सफल हुन नसकेको उनले बताए ।

एमालेमा पहिलो पटक ३३ प्रतिशत महिला, पदाधिकारीमा समावेशीता बढ्यो

नेकपा (एमाले)को पदाधिकारी र केन्द्रीय समिति समावेशी भएको छ । पदाधिकारीमा महिलाको संख्या बढेको छ भने दलित र मधेसीको पनि उपस्थिति भएको छ । 

सर्वोच्च अदालतको बेथितिप्रति एमाले महाधिवेशनबाट खेद प्रस्ताव पारित

सर्वोच्च अदालतमा उत्पन्न विवादप्रति एमालेको १०औं महाधिवेशनले खेद प्रस्ताव पारित गरेको छ । एमालेको घोषणा तथा शपथग्रहण सभामा पार्टीका तर्फबाट नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले राखेको प्रस्तावलाई महाधिवेशनले पारित गरेको हो ।

१७ बुँदे प्रस्ताव पारित, चुनावपछि ठूलो जनादेशसहित फर्किने उद्घोष

एमालेको १० औं महाधिवेशन आउँदो चुनावमा धेरै जनादेशसहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापीत हुने उद्घोष गरेको छ । मंगलबार सम्पन्न १० औं महाधिवेशनले प्रस्ताव पारित गर्दै यस्तो उद्घोष गरेको हो ।

एमाले पदाधिकारी निर्वाचनमा कसको कति मत ?

एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८३७ मत ल्याउँदै निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी भीम रावलले भने २२३ मत प्राप्त गरेका छन् ।

बफादार विजयी, आलोचक पराजित

एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली चाहेका व्यक्तिहरू मात्र केन्द्रीय कमिटीमा आएका छन् । प्रतिनिधिले मत दिने आफ्नो अधिकार ओलीलाई सुम्पिएर केन्द्रीय कमिटी र पदाधिकारीको सूची तयार पारिएको थियो ।

ओली र रावल दुवैलाई भोट नहाल्ने ३३ जना

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट हालेनन् । एमालेको १०औं महाधिवेशनमा ३३ जना महाधिवेशन प्रतिनिधिले दुवैलाई अध्यक्षमा अस्वीकार गर्दै 'नो भोट' गरेका हुन् ।

सचिवमा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी, आचार्य र कार्की पराजित

एमालेको सचिवमा केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका छन् । ७ सचिव पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।

एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, भूसाल पराजित

एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा घनश्याम भूसाल पराजित भएका छन् । उनले ७२५ मत ल्याए । 

देश निर्वाचनमय भयो : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक निर्वाचनमा होमिएको बताएका छन् । तत्काल देख्दा महाविधेशनको माहोल देखिएपनि ती सबै चुनावको तयारी जस्तै बनेको उनले बताए । 

एमालेमा 'ओलीतन्त्र'  

झन्डै ५ दशकदेखि राजनीतिमा संलग्न रहेका केपी शर्मा ओलीको भूमिका पार्टीभित्र लामो समय बागी जस्तो थियो । विपक्षी कित्तामा बसेर  झन्डै चार दशक बिताएका ओलीको पछिल्लो आठ वर्षदेखि एमालेमा एकछत्र राज चल्दै आएको छ । अब थप पाँच वर्षका लागि उनले महाधिवेशनबाट नेतृत्वको म्यान्डेट पाएका छन् ।

ओली दोस्रो पटक एमाले अध्यक्षमा विजयी

एमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावलले चुनौती खडा गरेपछि उनी महाधिवेशनमा मंगलबार भएको मतदानबाट बहुमतले विजयी भएका हुन् ।