एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, भूसाल पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा घनश्याम भूसाल पराजित भएका छन् । उनले ७२५ मत ल्याए । 

६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो ।

यस्तै, उपाध्यक्षमा सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै विजयी भएका छन् ।

*नोट : अन्तिम मत परिणामअनुसार पदाधिकारीहरुले प्राप्त गरेको मत संख्या अद्यावधिक गरेर सच्याइएको छ।

प्रकाशित : मंसिर १४, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्

देश निर्वाचनमय भयो : अध्यक्ष दाहाल

घनश्याम गौतम

रूपन्देही — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक निर्वाचनमा होमिएको बताएका छन् । तत्काल देख्दा महाविधेशनको माहोल देखिएपनि ती सबै चुनावको तयारी जस्तै बनेको उनले बताए । 

माओवादी केन्द्रका रूपन्देही जिल्ला इन्चार्ज एवं केन्द्रीय नेता रामप्रसाद बञ्जाडे (टंकमणी)को शोक सभाका लागि मंगलबार बुटवल आएका अध्यक्ष दाहालले लोकतन्त्रको लागि चुनाव महत्वपूर्ण भएको बताए । तर, चुनाव स्वच्छ, निष्पक्ष, धाँधलीरहित र जनताको सहज पहुँचमा हुनुपर्नेमा सबै राजनीतिक दलको ध्यान जानुपर्ने बताए ।

‘सबै दलका सभा, सम्मेलन र महाधिवेशनहरु सबै आउने चुनावको तयारी जस्तै बनेका छन्,’ उनले भने, ‘तर, चुनाव स्वच्छ, निष्पक्ष, धाँधलीरहित र जनताको सहज पहुँचमा पुर्‍याउन राजनीतिक दलहरुले पनि आपसी समझदारी र सहकार्य गरेर अघि बढ्नु जरुरी छ ।’

देशलाई राजनीतिक स्थायित्व, विकास र सम्बृद्धितिर लैजानु सबै राजनीतिक दलको दायित्व भएको पनि उनले बताए ।

प्रकाशित : मंसिर १४, २०७८ १५:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×