देश निर्वाचनमय भयो : अध्यक्ष दाहाल- समाचार - कान्तिपुर समाचार

देश निर्वाचनमय भयो : अध्यक्ष दाहाल

घनश्याम गौतम

रूपन्देही — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक निर्वाचनमा होमिएको बताएका छन् । तत्काल देख्दा महाविधेशनको माहोल देखिएपनि ती सबै चुनावको तयारी जस्तै बनेको उनले बताए । 

माओवादी केन्द्रका रूपन्देही जिल्ला इन्चार्ज एवं केन्द्रीय नेता रामप्रसाद बञ्जाडे (टंकमणी)को शोक सभाका लागि मंगलबार बुटवल आएका अध्यक्ष दाहालले लोकतन्त्रको लागि चुनाव महत्वपूर्ण भएको बताए । तर, चुनाव स्वच्छ, निष्पक्ष, धाँधलीरहित र जनताको सहज पहुँचमा हुनुपर्नेमा सबै राजनीतिक दलको ध्यान जानुपर्ने बताए ।

‘सबै दलका सभा, सम्मेलन र महाधिवेशनहरु सबै आउने चुनावको तयारी जस्तै बनेका छन्,’ उनले भने, ‘तर, चुनाव स्वच्छ, निष्पक्ष, धाँधलीरहित र जनताको सहज पहुँचमा पुर्‍याउन राजनीतिक दलहरुले पनि आपसी समझदारी र सहकार्य गरेर अघि बढ्नु जरुरी छ ।’

देशलाई राजनीतिक स्थायित्व, विकास र सम्बृद्धितिर लैजानु सबै राजनीतिक दलको दायित्व भएको पनि उनले बताए ।

प्रकाशित : मंसिर १४, २०७८ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्

सेयर कारोबार रकम १ अर्ब घट्यो, दुई कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै १ अर्ब घटेको छ । सोमबार ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ । 

मंगलबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै १ अर्ब घटेको छ । सोमबार ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ । परिसूचक नेप्से भने जम्मा १.६ अंकले घट्यो । सो अंकको कमीसँगै नेप्से २६२८ अंकमा कायम भएको छ ।

बैंकिङ ६, ब्यापार २२, होटल तथा पर्यटन ४, उत्पादन ५१, माइक्रोफाइनान्स १० र जीवन बीमा उपसमूह ६९ अंकले घटे । विकास बैंक ४०, जलविद्युत ११, फाइनान्स ८, निर्जीवन बीमा ९६ र अन्य उपसमूह १४ अंकले बढे । समग्रमा ८६ कम्पनीको मूल्य घट्यो भने ८९ कम्पनीको बढेको छ । १४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

दुई कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । सामलिङ पावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । यी दुबै कम्पनी हालै सूचीकृत हुन् । आजको कारोबारपछि सामलिङको मूल्य प्रतिकित्ता ४१९.५० तथा न्यादीको ३४१.५० पुगेको छ । बजारको कुल पुँजीकरण ३६ खर्ब ९५ अर्ब कायम भएको छ ।


प्रकाशित : मंसिर १४, २०७८ १५:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×