कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४
एमाले महाधिवेशन

अध्यक्षमा भीम रावल पराजित

काठमाडौँ — नेकपा एमालेका नेता भीम रावल पार्टीको दसौं महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका छन् । रावललाई निवर्तमान अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पराजित गरेका हुन् । ओली १८३७ मतसहित अध्यक्षमा विजयी हुँदा रावलले भने २२३ मत ल्याए । 

अध्यक्षमा भीम रावल पराजित

महाधिवेशन प्रतिनिधिलाई आफ्नो विवेक प्रयोग गर्न नदिई सर्वसम्मतिको नाममा पदाधिकारीसहित आफू अनुकूलको केन्द्रीय कमिटी घोषणा गरे पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तत: प्रतिस्पर्धा गर्नुपर्ने भएको थियो ।

नवौँ महाधिवेशनमा रावल ११४३ मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि बुटवलमा भएको आठौं महाधिवेशनमा रावल उपाध्यक्षमा पराजित भएका थिए । एमालेको नयाँ विधानले ७० वर्षे उमेरहद लागू भएकाले ६७ वर्षीय रावलले अब कार्यकारी पदमा फर्कने सम्भावना छैन । २०३० सालबाट राजनीति सुरु गरेका रावल २०५१, २०६४, २०७० र २०७४ मा सांसदमा निर्वाचित भएका थिए ।

ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिएपछि एमाले महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही क्लस्टरका केन्द्रीय सदस्यमा निर्वाचन भएको थियो ।

*नोट : अन्तिम मत परिणामअनुसार पदाधिकारीहरुले प्राप्त गरेको मत संख्या अद्यावधिक गरेर सच्याइएको छ।

प्रकाशित : मंसिर १४, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?