कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

अध्यक्ष मण्डलको बैठक सुरु 

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रस्ताव बोकेर महाधिवेशनको बन्दसत्र हलमा प्रवेश गरेपछि  अध्यक्षमण्डलको बैठक सुरु भएको छ । 

अध्यक्ष मण्डलको बैठक सुरु 

अध्यक्षमण्डलको बैठकले अब महाधिवेशनका आजको कार्यक्रम र निर्वाचन लगायतका प्रक्रियाबारे निर्णय गर्ने छ । ओलीले सहमतिका लागि पेस गरेको प्रस्ताव पनि बन्दसत्रमा पेस गर्ने तयारी छ ।

अध्यक्ष ओलीले दिनभर ३०१ जना केन्द्रीय सदस्यहरूमा कसलाई राख्ने भन्नेबारे छलफल गरेका थिए ।

करिब सहमतिको खाका तयार भएकाले बन्दसत्र सुरु भएको हो । बन्दसत्र हलबाहिर भने चर्को ओलीको समर्थनमा चर्को नाराबाजी भइरहेको छ । ‘वी लभ यू केपी बा’ भन्दै नारा लगाइरहेका छन् ।

प्रकाशित : मंसिर १२, २०७८ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?