कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

बन्दसत्र पुगे ओली 

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली १०औं महाधिवेशनको बन्दसत्र हलभित्र प्रवेश गरेका छन् । निर्धारित समयभन्दा ११ घण्टा ढिलो गरी एमालेको महाधिवेशनको बन्दसत्र अब सुरु हुनेछ । 

बन्दसत्र पुगे ओली 

बिहान १० बजे बोलाइए पनि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाममा सहमति हुन नसकेपछि साँझ ७ बजेका लागि बोलाइएको थियो । ७ बजे पनि ढिलो भएपछि १ घण्टा पछि सारेर ८ बजेका लागि बन्दसत्र बोलाइएको थियो ।

ओलीसँगको छलफलपछि उनी निकटका नेताहरु होटल पार्क सफारीबाट बाहिरिएका छन् । उनीहरु बन्दसत्र स्थल आउँदै गरेको नेताहरुले बताएका छन् ।

बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची तयार गरेर प्रस्ताव गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको छ । ओलीले बन्दसत्रमा एमाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्नेछन् ।

प्रकाशित : मंसिर १२, २०७८ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?