बन्दसत्रका लागि हल प्रवेश गर्दै एमाले प्रतिनिधिहरु

काठमाडौँ — निर्धारित समयभन्दा १० घण्टा ढिलो गरी एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु हुन लागेको छ । बिहान १० बजे बोलाइएपनि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाममा सहमति हुन नसकेपछि साँझ ७ बजेका लागि बोलाइएको थियो । ७ बजे पनि ढिलो भएपछि १ घण्टा पछि सारेर ८ बजेका लागि बन्द सत्र बोलाइएको थियो ।

बन्दसत्रका लागि हल प्रवेश गर्दै एमाले प्रतिनिधिहरु

अहिले बन्दसत्र स्थल होटल सेभेन स्टार प्रतिनिधिहरुको चहलपहल बढेको छ । सुरक्षा चेकजाँच गरेर प्रतिनिधिहरुलाई बन्द सत्र हलभित्र प्रवेश गर्न थालेका छन् ।

ओलीसँगको छलफलपछि उनी निकटका नेताहरु होटल सफारीबाट बाहिरिएका छन् । उनीहरु बन्दसत्र स्थल आउँदै गरेको नेताहरुले बताएका छन् ।

प्रकाशित : मंसिर १२, २०७८ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?