२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९
एमाले महाधिवेशन

बन्दसत्र ७ बजे बोलाइएकोप्रति रावलले गरे धाँधली हुने आशंका

काठमाडौँ — एमालेको दसौं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका भीम रावलले साँझ ७ बजेका लागि बन्दसत्र बोलाएकोप्रति आशंका व्यक्त गरेका छन् । आइतबार बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने भनिएपछि दिनभर बस्न सकेन । बन्दसत्र साँझ ७ बजे बोलाइएको छ । 

बन्दसत्र ७ बजे बोलाइएकोप्रति रावलले गरे धाँधली हुने आशंका

रावलले दिनभर बन्दसत्र नगरेको र साँझ ७ बजे बोलाएकोमा आशंका गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, 'दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो । यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ ।'

रावलले अध्यक्षमा दाबी गरेपछि अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिनभर सहमतिको प्रयासका लागि भन्दै नेताहरूसँग छलफल गरेका थिए । आफ्नै समूहका नेताहरू सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष एवं विष्णु पौडेल र शंकर पोखरेलले महासचिव पदमा दाबी गरेका छन् । नेम्वाङले वरिष्ठ उपाध्यक्ष आफूलाई बनाउन नभए निर्वाचनमा जान भन्ने सन्देश ओलीलाई फठाएका थिए । अन्य पदमा पनि सर्वसम्मत गर्नका लागि ओलीले दिनभर छलफल गरेका छन् । जसका कारण बन्दसत्र नै अगाडि बढ्न सकेको छैन ।


प्रकाशित : मंसिर १२, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?