१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
एमाले महाधिवेशन

गुटको सूची मान्दिनँ : रावल

'सूची तयार पारेर घोषणा गर्ने कुरा अलोकतान्त्रिक, टीके प्रणाली हो । त्यसमा सहमति हुन्न'

चितवन — नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले गुटबन्दीपूर्ण तरिकाले केन्द्रीय समितिको सूची तयार पारेर घोषणा गर्ने कुरा अलोकतान्त्रिक भएको प्रतिक्रिया जनाएका छन् । इकान्तिपुरसँग कुरा गर्दै उपाध्यक्ष रावलले केन्द्रीय सदस्यको सूची तयारीबारेमा आफूलाई जानकारी नभएको भन्दै त्यसमा सहमति हुन नसक्ने बताए ।

गुटको सूची मान्दिनँ : रावल

'गुटबन्दीपूर्ण तरिकाले तयार भएको होला । मलाई त्यसको जानकारी छैन । सूची तयार पारेर घोषणा गर्ने कुरा अलोकतान्त्रिक, टीके प्रणाली हो । त्यो हुन सक्दैन । त्यसमा सहमति हुन्न,' उनले भने ।

रावलले महाधिवेशन प्रतिनिधिको सार्वभौम अधिकारको सम्मानका लागि तत्काल निर्वाचन प्रक्रिया थाल्नसमेत माग गरे । 'महाधिवेशनका सम्पूर्ण प्रतिनिधिको सार्वभौम अधिकारको सम्मान हुनुपर्छ । निर्वाचनको प्रक्रिया आरम्भ हुनुपर्छ । बिहान १० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र साढे ५ बजेसम्म सुरु नगर्नु, कोठाभित्र बसेर गुटबन्दी गर्नु । यो लोकतन्त्रको उपाहास हो । पार्टी नीतिको उपाहास हो । सयौं मान्छेलाई अलपत्र राखेर केही मान्छे कोठामा बसेर महाधिवेशन अनिर्णयको बन्द बनाएको छ । यो आपत्तिजनक छ । यसले पार्टी बलियो हुँदैन ।'

पार्टी नेतृत्वले धाँधलीको अभ्यास गरेको र मनपरी गर्ने काम गरिएको भन्दै यसले कम्युनिस्ट पार्टीकै उपाहास भएको उनको टिप्पणी छ । रावलले आफूले अध्यक्षमा दिने भनेको उम्मेदवारी कायम रहेको पनि बताए । 'मेरो उम्मेदवारी कायम छ,' निर्वाचन प्रक्रिया नथालेकोमा आक्रोशित हुँदै उनले भने, 'उम्मेदवारी दिन नपाउने कस्तो लोकतन्त्र हो ? कस्तो खालको कम्युनिस्ट पार्टी हो । अनि देश हाँक्छु भन्नु कुनै मान्छेलाई सुहाउने कुरा हो यो ? लोकतान्त्रिक प्रणाली मान्ने हो भने एमालेभित्र तुरुन्त निर्वाचन प्रक्रिया आरम्भ गर्नुपर्छ ।'

सम्बन्धित समाचार

प्रकाशित : मंसिर १२, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?