दोस्रो दिनको बन्दसत्र साँझ ७ बजेपछि मात्रै सुरु हुने 

मंसिर १२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को १० औँ महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम आइतबार साँझ ७ बजेपछि मात्रै सुरु हुने भएको छ । 

आइतबार बिहान १० बजेदेखि दोस्रो दिनको बन्दसत्रको कार्यक्रम सुरु हुने तय भएकोमा नेतृत्वका लागि सहमति जुट्न नसक्दा साढे ६ घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन । 

महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम साँझको खानपछि सुरु हुने जानकारी प्राप्त भएको प्रतिनिधि तथा नेताहरूले बताएका छन् । अध्यक्ष केपी शर्मा ओली भने पार्टीभित्र सहमति जुटाउनका लागि निरन्तर छलफलमा छन् ।

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully