३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची तयार, ओलीसँगको परामर्शपछि अन्तिम रुप दिइने

मंसिर १२, २०७८

कान्तिपुर संवाददाता

चितवन — एमालेका चार नेताले पदाधिकारीसहित केन्द्रीय कमिटीका लागि ३०१ जनाको नाम तयार गरी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । अध्यक्ष ओलीले प्रस्तावित नामको सूची तयार गर्न नेताहरू विष्णु पौडेल, शंकर पोखरल, प्रदीप ज्ञवाली र शंकर पोखरेललाई जिम्मा दिएका थिए ।

त्यही अनुसार चार नेताहरूले प्रस्तावित सूची तयार गरेका हुन् । उक्त सूचीलाई अध्यक्षसँग छलफल गरी अन्तिम रुपमा दिइने र बन्द सत्रमा पेस गर्ने तयारी छ ।

मुख्य पदहरूमा कसलाई कसरी व्यव्स्थापन गर्ने भन्ने ठोस आकार चाही अध्यक्षसँगको परामर्शपछि हुनेछ । 

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully