कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७
एमाले महाधिवेशन

प्रतिनिधिहरूले भीम रावलको पर्चा बाँड्न थाले

काठमाडौँ — नेकपा एमालेको जारी १०औं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरिरहँदा नेता भीम रावल भने एक्लै भए पनि अध्यक्षको उम्मेदवारी दिने अडान राख्दैआएका छन् ।

प्रतिनिधिहरूले भीम रावलको पर्चा बाँड्न थाले

आइतबार बन्दसत्र सुरु हुनुअघि नै उनका समर्थक प्रतिनिधिहरूले भीम रावलको पक्षमा भोट अपिल गर्दै पर्चासमेत बाँड्न सुरु गरेका छन् । जवकि निर्वाचन आचार संहिता अनुसार २ बाइ ४ इन्चको भिजिटिङ कार्ड बाहेक अन्य कुनै पर्चा बाँड्न र छुट्टै भेला गर्न नपाइने लगायत व्यवस्था गरिएको छ ।

नेता रावलले भने शनिबारदेखि नै अध्यक्ष पदका लागि आफ्नो पक्षमा भोट अपिल गर्दैआएका छन् । आइतबार बिहान महाधिवेशन स्थलमा बन्दसत्र सुरु नहुँदै केही प्रतिनिधिहरूले रावलको प्रचारात्मक सामग्री बितरण गर्दै भोट मागिरहेका छन् । ओली पक्षका नेताहरू भने सर्वसम्मत नेतृत्व चयनका लागि छलफलमै छन् ।

ओली निकट नेताहरूले सर्वसम्मत रुपमा नै नेतृत्व चयन गरिने बताउँदैआएका छन् । यद्यपि ओली समूहभित्र शीर्ष नेताहरूबीच वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा आकांक्षा धेरै हुँदा कुरा नमिलेपछि बन्दसत्र सुरु हुन सकेको छैन । यतिबेला ओली बस्ने होटलमा केन्द्रीय सदस्य तथा पदाधिकारीका आकांक्षीहरूको भीड नै लागेको छ ।

आइतबार बिहान ११ बजे बन्दसत्र सुरु हुने भनिए पनि केही समयका लागि धकेलिएको छ ।

अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : मंसिर १२, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×