एमाले महाधिवेशन

सहमतिका लागि छलफल जारी, ओली पक्षका नेताहरूले नै छोडेनन् अडान

केन्द्रीय निर्वाचान आयोगलाई पनि तयार रहन निर्देशन

काठमाडौँ — नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी ओली निकट नेताहरू छलफलमा जुटेका छन् । आइतबार बिहानैदेखि उनीहरू सहमतिका लागि छलफलमा जुटेका हुन् । सहमति नभए निर्वाचन हुने भएका कारण निर्वाचनको तयारी पनि पुरा गरेर राखिएको छ ।

सहमतिका लागि छलफल जारी, ओली पक्षका नेताहरूले नै छोडेनन् अडान


आइतबार बिहान ११ बजे बन्दसत्र सुरु हुने भनिए पनि केही समय ढिलो हुनसक्ने नेताहरूले बताएका छन् । ओली समूहभित्रै सुवास नेम्वाङ, ईश्वर पोखरेल, शंखर पोखरेल लगायत नेताहरूले आआफ्नो पदीय आकांक्षामा अडान कायम राखेपछि सहमति जुटाउन असहज भइरहेको छ ।

स्रोतका अनुसार भीम रावल र घनश्याम भूसालसँग भने सहमतिका लागि ओलीले कुनै किसिमको संवाद हालसम्म गरेका छैनन् ।

आइतबारको बन्दसत्र सुरु भएपछि अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी, पोलिटब्यूरो र केन्द्रीय सदस्यका नाम पेस गर्ने बताइएको छ । उनले पेश गरेको सूचिमा चित्त नबुझाउने नेताले उम्मेदवारी दर्ता गर्नसक्ने ओली निकट नेताहरूले बताएका छन् ।

केन्द्रीय निर्वाचन आयोग प्रमुख विजय सुब्बाले भने अध्यक्ष मण्डलबाट निर्वाचन गराउने निर्देशन आएपछि निर्वाचनको प्रक्रिया सुरु गराउने बताएका छन् । निर्वाचनका लागि सबै तयारी पूरा रहेको पनि उनले बताए ।

प्रकाशित : मंसिर १२, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?