कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
एमाले महाधिवेशन

ओली बसेको होटलमा आकांक्षीहरूको भीड

कान्तिपुर संवाददता

चितवन — नेकपा एमालेको जारी १०औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुको डेलिगेसनले अध्यक्ष केपी शर्मा ओली बसेको होटल पार्क सफारी रिसोर्टभित्र र बाहिर चहलपहल बढेको छ । अध्यक्ष ओलीलाई भेट्न नेताहरु होटल भित्रने क्रम चलिरहेको छ ।

ओली बसेको होटलमा आकांक्षीहरूको भीड

आइतबार मध्यान्ह १२ बजेतिर नेता लेखराज भट्टसहित पूर्वमाओवादीको टोली अध्यक्ष ओलीसँग छलफल गरेर बाहिरिएको छ । बन्दसत्र सुरु हुनुअघि नै उनीहरूले आफ्नो पक्षका माग लिएर छलफलका लागि गएका हुन् ।

अध्यक्ष ओली र प्रदेशहरुका नेताबीचको छलफल सकिएको छ । केहीबेर अघि मात्रै सुदूरपश्चिम र प्रदेश २ का नेताहरु छलफलबाट बाहिरिएका छन् ।

अहिले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबीच छलफल भइहरहेको छ ।

यसअघि ओली निकट नेताहरूले पनि ओलीसँग आइतबार बिहानै छलफल गरिसकेका छन् । विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल लगायत नेताहरूले ओलीसँग भेटेर आफ्नो अडान राख्दै आएका छन् ।

प्रकाशित : मंसिर १२, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?