ओली बन्दसत्र हल प्रवेश गर्दा नारा लाग्यो– ‘वी लभ यू केपीबा’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

ओली बन्दसत्र हल प्रवेश गर्दा नारा लाग्यो– ‘वी लभ यू केपीबा’

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रस्ताव बोकेर महाधिवेशनको बन्दसत्र हलमा प्रवेश गरेका छन् । 

उनी प्रवेश गर्दैगर्दा उनका समर्थकहरूले हल बाहिर चर्को नाराबाजी गरेका छन् । उनीहरूले ‘वी लभ यू केपी बा’ भन्दै नारा लगाइरहेका छन् । उनीहरूले ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै नाराबाजी गरिरहेका छन् ।

प्रकाशित : मंसिर १२, २०७८ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्

बन्दसत्र पुगे ओली 

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली १०औं महाधिवेशनको बन्दसत्र हलभित्र प्रवेश गरेका छन् । निर्धारित समयभन्दा ११ घण्टा ढिलो गरी एमालेको महाधिवेशनको बन्दसत्र अब सुरु हुनेछ । 

बिहान १० बजे बोलाइए पनि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाममा सहमति हुन नसकेपछि साँझ ७ बजेका लागि बोलाइएको थियो । ७ बजे पनि ढिलो भएपछि १ घण्टा पछि सारेर ८ बजेका लागि बन्दसत्र बोलाइएको थियो ।

ओलीसँगको छलफलपछि उनी निकटका नेताहरु होटल पार्क सफारीबाट बाहिरिएका छन् । उनीहरु बन्दसत्र स्थल आउँदै गरेको नेताहरुले बताएका छन् ।

बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची तयार गरेर प्रस्ताव गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको छ । ओलीले बन्दसत्रमा एमाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्नेछन् ।

प्रकाशित : मंसिर १२, २०७८ २१:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×