विधान संशोधनले निर्वाचन कार्यक्रम प्रभावित

मंसिर ११, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको विधान संशोधन हुँदा निर्वाचन कार्यक्रम प्रभावित भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले मनोनयन लागि विधान गर्न लागिएको संशोधनको व्यवस्था बारेमा औपचारिक जानकारी प्राप्त गर्न नसकेपछि निर्वाचनको नयाँ तालिका प्रकाशित गर्न नसकेको बताए ।

'विधानमा संशोधन गरेर नयाँ पद थप गरेपछि कुन क्लष्टरमा कति संख्या थपिएको हो भन्ने विषयमा कुनै औपचारिक जानकारी आएको छैन,' सुब्बाले भने, 'त्यो आएपछि मात्रै निर्वाचनको नयाँ तालिका प्रकाशित गरिने छ।'

एमालेले बन्द सत्र शनिबार बिहान ८ बजेबाट सुरु गर्ने भने पनि अहिलेसम्म बन्द सत्र सुरु हुन सकेको छैन । बन्द सत्रले पारित गरेपछि मात्रै विधान संशोधन प्रस्तावले औपचारिकता पाउने छ । 

एमालेको नवौं केन्द्रीय कमिटीको अन्तिम बैठकले नयाँ केन्द्रि कमिटीको संख्या वृद्धि गर्ने विषयमा अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको थियो । एमालेको नयाँ केन्द्रीय कमिटीमा ३ सय १ सदस्यको हुनेछ । जसमा १९ जना पदाधिकारी हुने छन् । असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पारित गरेको थियो ।

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully