कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

महासचिवमा ओलीनिकट तीन नेताको दाबी

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट तीन नेताले महासचिवमा दाबी गरेका छन् । सौराहास्थित पार्क सफारी रिसोर्टमा बिहीबार राति अध्यक्ष ओलीसहितका उनी निकट नेताहरूको बैठक बसेको थियो ।

महासचिवमा ओलीनिकट तीन नेताको दाबी

बैठकमा उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले महासचिवमा दाबी गरेको स्रोतले बताएको छ ।

पोखरेललाई उपाध्यक्ष ईश्वर पोखरेल र विष्णु रिमाल साथ दिएका थिए । पौडेललाई भने सुवास नेम्वाङलगायतले साथ दिएका छन् । महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा अध्यक्ष ओली समूहमै दुई धार देखिएको हो ।

महाधिवेशन उद्घाटन सुरु हुनै लाग्दासम्म पनि नेतृत्व चुनावबाट छानिन्छ कि सर्वसम्मत हुन्छ भन्ने निश्चित भएको छैन । विभिन्न पदका आकांक्षी अध्यक्ष केपी शर्मा ओलीको इसारा कुरेर बसेका छन् । महाधिवेशनमा भाग लिन विभिन्न क्षेत्रबाट चितवन आइपुगेका अधिकांश प्रतिनिधि भने सर्वसम्मत नेतृत्व चयनको पक्षमा देखिएका छन् ।

नवौं महाधिवेशनमा जस्तो यसपटक समूहगत प्रतिस्पर्धा खुला गरिएको छैन । तर पदाधिकारीमा सर्वसम्मत नहुँदा आफ्नै समूहमा रहेका नेताहरूबीच पनि ध्रुवीकरण हुने जोखिमले अध्यक्ष ओलीलाई अप्ठ्यारोमा पारेको छ । उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले सर्वसम्मति गराउन ओलीलाई थप सकस परेको हो ।

पदाधिकारीका लागि ३ दर्जनभन्दा बढी नेता आकांक्षी छन् । एक–एक पद वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा ओलीनिकट नेताहरूकै मुख्य प्रतिस्पर्धा छ ।

प्रकाशित : मंसिर १०, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?