महाधिवेशन उद्घाटनपछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै- समाचार - कान्तिपुर समाचार

महाधिवेशन उद्घाटनपछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबार दशौं केन्द्रीय कमिटीको बैठकपछि एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने भएको छ । बैठक सौराहमा राति ८ बजे हुनेछ ।

उक्त बैठकमा दशौं महाधिवेशन बन्दसत्रमा प्रस्तुत हुने प्रस्ताव र अन्य तयारीबारे निर्णय हुने महासचिव ईश्वर पोखरेलले बताएका छन् ।

२०७१ साल असारमा भएको नवौं महाधिवेशनबाट निर्वाचित भएको कमिटीको पहिलो बैठक २०७१ साउन १ गते भएको थियो । कमिटीमा १९६ सदस्य रहेका छन् ।


प्रकाशित : मंसिर १०, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी नवलपरासी कांग्रेसको अधिवेशन फेरि सर्‍यो

नारायण शर्मा

पूर्वी नवलपरासी — कांग्रेस पूर्वी नवलपरासीको जिल्ला अधिवेशन ९ दिन पछि सरेको छ । निर्वाचन अधिकृत चुडामणि शर्मा कँडेलले जिल्ला कार्यसमितिको आग्रह अनुसार निर्वाचन कार्यतालिका ९ दिन पछि सारिएको जानकारी दिए ।

यसअघिको कार्यतालिकामा आज शुक्रबार जिल्ला कार्य समिति चयनका लागि मनोनयन गर्ने र शनिबार मतदान गर्ने सूचना थियो । मंसिर १९ गते मनोनयन र २० गते निर्वाचन हुने गरी निर्वाचन सारिएको कँडेलले जानकारी दिए ।

पार्टी स्रोतका अनुसार दुई खेमामा विभाजित यहाँका जिल्ला नेताहरुले आआफ्नो खेमामा उम्मेदवार छनोट गर्न नसकेका कारण दुवै पक्षको सहमतिमा जिल्ला अधिवेशन सारिएको हो ।

पूर्वी नवलपरासीमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको संयुक्त प्यानल रहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्को खेमामा नेताहरु विभाजित छन् ।

पालिका र क्षेत्रीय अधिवेशनको नतिजा हेर्दा देउवा–कोइराला संयुक्त प्यानलभन्दा पौडेल खेमा बलियो भएको छ । पालिकाबाट छनोट हुने प्रतिनिधिको संख्या देउवा कोइरालाको धेरै देखिएपनि प्रदेशको निर्वाचन सम्पन्न गर्दा पौडेल पक्ष नेतृत्वमा बढी चुनिएको छ ।

प्रकाशित : मंसिर १०, २०७८ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×