कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमाले महाधिवेशनमा २५ सय सुरक्षाकर्मी र ५ हजार स्वयंसेवक परिचालन हुने

चितवन — एमाले महाधिवेशन स्थल वरपर करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार चितवनतर्फ एक हजार पाँच सय र नवलपरासीतर्फ एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनेछन् । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन आएका छन् । 

एमाले महाधिवेशनमा २५ सय सुरक्षाकर्मी र ५ हजार स्वयंसेवक परिचालन हुने

‘पहिलो दिन महाधिवेशन स्थलमा र दोस्रो दिनबाट बन्दसत्र सञ्चालन हुने सौराहालाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मिलाएका छौं,’ चितवन प्रहरी प्रमुख उपरीक्षक ओम अधिकारीले भने । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू र विदेशी पाहुना आउने भएकाले स्थानीय प्रशासनले त्यहीअनुसारको सुरक्षा व्यवस्था र रणनीति तयार गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको भनाइ छ । ‘भीआईपी बसेको होटलदेखि कार्यक्रम स्थलसम्म ल्याउने, पुर्‍याउने रुट निर्धारण भइसकेको छ,’ उनले भने ।

उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ तामाङले बताए । उनका अनुसार पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ । ‘एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारीसाधन व्यवस्थापन गरेर सञ्चालन गर्ने वातावरण मिलाएका छौं,’ उनले भने ।

महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका पाँच हजार स्वयंसेवक खटिने एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । ‘बन्दसत्रमा तीन सय स्वयंसेवक परिचालन हुनेछन् । उनीहरू खुला कार्यक्रमका स्वयंसेवकभन्दा अलि विशेष प्रशिक्षण लिएकाहरू छन् । सहभागीलाई गाडीमा ल्याउने, पुर्‍याउने जिम्मेवारी पनि स्वयंसेवकको हुनेछ,’ उनले भनिन् ।

प्रकाशित : मंसिर १०, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?