अमेरिकाले भन्यो, 'एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन प्रयास हुनु सकारात्मक'

काठमाडौँ — अमेरिकाले मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले संसद्‌बाट सम्झौता अनुमोदनका लागि सकारात्मक प्रक्रिया अघि बढाएको भन्दै नेपाल सरकारलाई धन्यवाद दिएको छ । 

अमेरिकाले भन्यो, 'एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन प्रयास हुनु सकारात्मक'

एमसीसीको विषयमा अर्थ मन्त्रालयले सोधेको प्रश्नको जवाफ दिने क्रममा एमसीसी उपाध्यक्ष फतिमा सुमारले अनुमोदनका लागि गरेको प्रयासका लागि धन्यवाद व्यक्त गरेकी हुन् । 'यी प्रश्नहरुको जवाफ दिने अवसर दिनु भएको र अनुमोदनका लागि सकारात्मक प्रक्रिया अघि बढाउनका लागि गरेको प्रयास पुन: एकपटक धन्यवाद व्यक्त गर्छु' सुमारले लेखेको पत्रमा भनिएको छ ।

सुमार चार दिने भ्रमणको क्रममा बिहीबार नेपाल आउँदैछिन् । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि एमसीसी संसद्‌बाट अनुमोदन गराउन प्रक्रियाअघि बढाउन विषयमा अमेरिकाले चासो बढाएको छ । बुधबारबाट सुरु भएको संसद्‌ बैठकमा पनि एमसीसी अनुमोदनको विषयमा आउने अपेक्षा धेरैले गरेका छन् ।

प्रकाशित : भाद्र २३, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?