अमेरिकाले भन्यो, 'एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन प्रयास हुनु सकारात्मक'

भाद्र २३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाले मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले संसद्‌बाट सम्झौता अनुमोदनका लागि सकारात्मक प्रक्रिया अघि बढाएको भन्दै नेपाल सरकारलाई धन्यवाद दिएको छ । 

एमसीसीको विषयमा अर्थ मन्त्रालयले सोधेको प्रश्नको जवाफ दिने क्रममा एमसीसी उपाध्यक्ष फतिमा सुमारले अनुमोदनका लागि गरेको प्रयासका लागि धन्यवाद व्यक्त गरेकी हुन् । 'यी प्रश्नहरुको जवाफ दिने अवसर दिनु भएको र अनुमोदनका लागि सकारात्मक प्रक्रिया अघि बढाउनका लागि गरेको प्रयास पुन: एकपटक धन्यवाद व्यक्त गर्छु' सुमारले लेखेको पत्रमा भनिएको छ । 

सुमार चार दिने भ्रमणको क्रममा बिहीबार नेपाल आउँदैछिन् । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि एमसीसी संसद्‌बाट अनुमोदन गराउन प्रक्रियाअघि बढाउन विषयमा अमेरिकाले चासो बढाएको छ । बुधबारबाट सुरु भएको संसद्‌ बैठकमा पनि एमसीसी अनुमोदनको विषयमा आउने अपेक्षा धेरैले गरेका छन् ।

एमसीसी

कान्तिपुर

Link copied successfully