माओवादी केन्द्रको केन्द्रीय समितिले एमसीसी सम्झौता पारित गर्ने क्रममा प्रतिनिधिसभाबाट पारित गरिएको व्याख्यात्मक घोषणा अनुमोदन गरेको छ । पार्टीभित्र एमसीसी सम्झौता पारित गरेको विषयलाई लिएर जार...
नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरुमा असन्तुष्टि बढेको छ । अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकलौटी रुपमा अघि बढेको र एमसीसीलगायत विषयमा आफ्नो पक्षको कुरा नसुनेको भन्दै श्रेष्ठसहितका नेताहरुले आपत्ति जनाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता पारित गर्न भूमिका नखेलेको भए जस्ताको तस्तै पारित हुन्थ्यो भनेका छन् ।
प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएका सांसद भीमबहादुर रावलले अनुशासनहिन काम गरेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्नै नदिन खोजेको तर नसकेको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले वर्तमान सरकार ढल्नैपर्ने पनि धारणा राखेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई दुस्मनीपूर्ण राजनीति नगर्ने चेतावनी दिएका छन् । उनले पार्टीहरूका बीचमा नखेल्न कांग्रेसलाई चेतावनी दिएका हुन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाबाट आइतबार नै व्याख्यात्मक घोषणासहित पारित भएको एमसीसीबारे पार्टीको धारणा जारी गर्न मंगलबार पत्रकार सम्मेलन गर्दै ओलीले सभामुखको आलोचना गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एमसीसी सम्झौता अनुमोदन भएकोबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी एमालेले आफ्नो धारणा व्यक्त गरेको हो ।
नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता प्रतिनिधिसभाबाट अपवादबाहेक सबैको साझा सहमतिबाट अनुमोदन भएको दाबी गरेको छ । प्रवक्ता प्रकाशशरण महतले सोमबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामो बहस, छलफल र विवादका बाबजुद प्रतिनिधिसभामा अपवादबाहेक सबैको सहमतिबाटै एमसीसी सम्झौता स्वभाविक अनुमोदन भएको बताए ।
सत्तारुढ दल कांग्रेसले एमसीसी सम्झौताबारे फैलिएका विभिन्न भ्रमहरू चिर्न चुनावअघि नै अभियान थाल्ने भएको छ ।एमसीसीबारे जनतामा फैलिएको भ्रमले चुनावी नतिजालाई प्रभावित पार्न सक्ने अनुमान गर्दै कांग्रेसले त्यसबारे प्रचार अभियान गर्न लागेको हो ।
एमसीसी अनुमोदन गर्दा गरिएको व्याख्यात्मक घोषणाले नेपाललाई महाशक्तिराष्ट्रहरूको भू–राजनीतिक अखडा बनाउने खोजिएको बुद्धिजीवीहरूले टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभामा सत्तागठबन्धन बचाउने नाममा एमसीसी पास गराउनका लागि ल्याइएको व्याख्यात्मक घोषणा कानुनी सिद्धान्तअनुसार कुनै पनि सन्धिसम्झौता एक पक्षीय रूपमा संशोधन वा परिवर्तन हुन नसक्ने उनीहरुको भनाइ छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौतालाई संसद्बाट व्याख्यात्मक घोषणासहित पारित गरे त्यसले कानुनी मान्यता पाउँछ भन्ने विज्ञहरुको सुझावपछि आफूले उक्त प्रस्तावलाई अगाडि बढाएको दाबी गरे ।
राष्ट्रिय जनमोर्चा(राजमो) पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राजमो गठबन्धनबाट बाहिरिएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्नु स्वभाविक भएको बताएका छन् ।
पाल्पाको तानसेन बजार बन्द गराउँदै हिँडेका सात जनालाई प्रहरीले सोमबार अपरान्ह पक्राउ गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनविरुद्ध आयोजना गरेको नेपाल बन्द भन्दै बजारमा सवारी साधन अवरुद्ध गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
शक्तिशाली राष्ट्रका सेनाहरू आफ्ना देशवासीको सुरक्षा सुनिश्चित गर्न होइन, बाँकी विश्वलाई असुरक्षित बनाइराख्न खडा गरिएको सन्देश रूसी सेनाले दिएको छ । अमेरिकी र युरोपेली राष्ट्रका सेनाले त पछिल्ला केही शताब्दीदेखि यस्तै सन्देश दिएका उदाहरण विश्वइतिहासमा छरपस्ट छन् ।