कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एमसीसी खारेजीको माग राख्दै विरोध प्रदर्शन [तस्बिरहरू]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — नेकपा माले, नेकपा क्रान्तिकारी माओवादीलगायतका विभिन्न वाम दलले एमसीसी खारेजीको माग राख्दै विरोधमा प्रदर्शन गरेका छन् । 'एमसीसी सम्झौतालाई अनुमोदन गर्नु भनेको नवऔपनिवेशीकरण स्वीकार गर्नु हो', 'एमसीसी सम्झौता स्वीकार गर्दा देशमा अस्थिरता र द्वन्द्वमा फस्ने' लगायत विभिन्न नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा मालेका नेता सीपी मौनाली, नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेललगायतको उपस्थिति थियो । माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरमा पुगेर जनसभामा परिणत भएको थियो ।


प्रकाशित : भाद्र २३, २०७८ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्