अमेरिकाको जवाफ : एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैन [पूर्णपाठ]

भाद्र २३, २०७८

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिका मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) को सम्झौताभन्दा नेपालको संविधानमाथि रहेको जनाएको छ ।

नेपाल सरकारले सोधेको विभिन्न प्रश्नको जवाफ दिँदै एमसीसीको उपाध्यक्ष फतिमा सुमारले नेपाल संविधान नै माथि रहेको जवाफ फर्काएकी छन् ।

नेपाल भ्रमणको पूर्व सन्ध्यामा नेपाल सरकारलाई पठाएको पत्रमा भनिएको छ - नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ ।

'सबै एमसीसी साझेदार देशहरुसँग सम्पन्न भएका एमसीसी कम्प्याक्ट अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौता हुन्,' अर्थ मन्त्रालयलाई लेखिएको पत्रमा एमसीसीले भनेको छ, 'अन्य देशको अनुभवको आधारमा कम्प्याक्टको कार्यान्वयन कुनै ढिलाइबिना अघि बढ्न सकोस् भन्ने सुनिश्चितता गर्नका निम्ती कम्प्याक्टको सीमित पाँच वर्षे कार्यान्वयन अवधिको परिप्रेक्ष्यमा पनि विशेष रुपमा महत्वपूर्ण हुन्छ ।'

यस्तो छ एमसीसीले नेपाललाई पठाएको जवाफको पूर्णपाठ: 

एमसीसी

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully