संशोधन नभई एमसीसी अनुमोदन हुँदैन : अध्यक्ष दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई अनुमोदन नहुने बताएका छन् ।

संशोधन नभई एमसीसी अनुमोदन हुँदैन : अध्यक्ष दाहाल

पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को केन्द्रीय समिति बैठकमा सहभागीहरुले एमसीसीको विषयमा दाहालको धारणा मागेका थिए । त्यसपछि छोटो सम्बोधन गरेका दाहालले एमसीसी सम्झौता संशोधन भएमात्रै अनुमोदन हुने बताएका ​हुन् ।

‘सरकारले एमसीसीलाई कूटनीतिक नोट पठाएको छ । त्यसको जवाफ आएको छैन । संशोधन नभएसम्म पास हुँदैन,’ दाहालको भनाई उदृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले भने ।

प्रकाशित : भाद्र २२, २०७८ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?