कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

एमसीसी हुबहु पारित गर्ने तयारी आपत्तिजनक : विवेकशील साझा

काठमाडौँ — विवेकशील साझा पार्टीले विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता हुबहु पारित गर्ने तयारी आपत्तिजनक रहेको बताएको छ । 

प्रवक्ता शरदराज पाठकले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौताका केही सर्तहरू नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकूल रहेकाले संशोधनबिना पारित गर्न हुने विवेकशील साझाको धारणा रहेको जनाएका हुन् ।

एमसीसी हुबहु पारित गर्ने तयारी आपत्तिजनक : विवेकशील साझा

'एमसीसी सम्झौताका केही सर्तहरू अत्यन्त आपत्तिजनक एवम् नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकूल रहेकाले संशोधनबिना नै पारित गरिनुहुन्न भन्ने हाम्रो पार्टीको धारणा छ,' विज्ञप्तिमा भनिएको छ,'एमसीसी सम्झौताबारे आम नागरिकको तप्कासम्म धेरै नै संशय उत्पन्न भई गम्भीर प्रश्न उठेकाले तिनको निरूपण नगरी अघि बढ्नु घातक हुनेछ ।'

विवेकशीलले सम्झौता अध्ययन गरी सरकारलाई सुझाव दिन विज्ञहरूको कार्यदल गठन गर्नु वा सम्झौता खारेज गर्न सुझाव दिएको छ । 'कि त श्रीलंकाको जस्तै नेपालमा पनि यो सम्झौता अध्ययन गरी सरकारलाई सुझाव दिन स्वतन्त्र विज्ञहरूको कार्यदल गठन गर्नु उपयुक्त हुन्छ, कि सम्झौता खारेज गर्नु नै उपयुक्त हुन्छ भन्ने विवेकशील साझा पार्टीको धारणा रहेको छ,' विज्ञप्तिमा लेखिएको छ, 'हाम्रो जस्तो मुलुकको विकासमा वैदेशिक सहयोगको महत्त्वपूर्ण भूमिका रहन्छ । तर त्यस्ता सहयोगको सम्झौतामा हाम्रो सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने एवम् राष्ट्रिय हित र स्वाधीनता कमजोर बनाउने सर्त गाँसिएर आउँछन् भने त्यो कदापी स्वीकार्न सकिँदैन ।'

प्रकाशित : भाद्र २२, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?